तिलु शर्मा पौडेल, दोहा कत्रा l नयाँ भेरियण्टको कोरोना महामारीलाई मध्यनजर गर्दे कतार सरकारले विभिन्न क्षेत्रमा लगाएको प्रतिवन्धलाई आजबाट क्रमिक रुपमा हटाउने भएको छ l हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरण अन्तर्गत कोरोनाको दुवै भ्याक्सिन लगाएका व्यक्तिहरूलाई लक्षित गरी बिभिन्न प्रतिवन्धलाई फुकुवा गरेको छ l

मन्त्रिपरिषद्को निर्णय अनुसार आजैबाट लाग्नु हुने गरी कतार किलिन सर्टिफिकेट प्राप्त रेस्टुरेन्टहरूमा भित्र र बाहिर गरी ३० प्रतिशत क्षमतामा सञ्चालन गर्न पाइने भएको छ l त्यसतै ३० % क्षमतामा हेल्थ क्लब, फिटनेस सेन्टर, स्पा, पार्लर, सैलुन, सिनेमा तथा थिएटर खेलकुद रङ्गशालामा दुवै डोज लगाएकाले प्रवेश पाउनेछन् भने रात्रिकालीन मनोरञ्जन तथा मनोरञ्जनात्मक पार्कमा २० % क्षमतामा प्रवेश पाउने छन् l

निजी डुङ्गामा १५ जना सम्म, खुल्ला तथा पसलमा ५ जनासम्म र खुला क्षेत्रमा १० जनासम्म सहभागी हुन् पाउने भएका छन् l १५ जनासम्म बैठकमा सहभागी हुन् पाउने भएका छन् l पुस्तकालय तथा ड्राइभिङ स्कुलहरू ३० % क्षमतामा खुल्ला तथा सञ्चालन गर्न पाइनेछ l