जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी)ले बागलुङमा थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको भन्दै जेठ २२ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।

निषेधाज्ञामा खाद्यान्न, किराना पसल तथा अन्य निर्माणका काममा समेत थप कडाइ गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।गत वैशाख २१ गतेदेखि जारी निषेधाज्ञा दुईपटक सम्म थप गरिएको थियो।

Leave a Reply