म्याग्दी उद्योग वाणिज्य संघले डिजिटल वालेटमार्फत हुने कारोबारमा शुल्क नलिने अनुरोध गरेको छ । कोरोना महामारीको दोस्रो लहरका कारण जारी निधेषधाज्ञामा ठूलो आर्थिक तथा भौतिक नोक्सानी भएको अवस्थामा वित्तिय संस्थाले डिजिटल कारोबारमा समेत अतिरिक्त शुल्क लिएर लिने गरेको भन्दै छुटको वातावरण बनाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

संघका अध्यक्ष बेलबहादुर कटुवालले वित्तिय संस्था समेत बन्द भएको अवस्थामा डिजिटल भुक्तानीमा समान्य अवस्थामा जस्तै शुल्क लिदाँ ब्यवसायी थप मर्कामा परेको बताउँदै तत्काल छुटसँगै निधेषधाज्ञा अवधिभर वित्तिय संस्थाले ब्याज, हर्जना मिनाह, सरकारले लिने कर र स्थानीय सरकारले ब्यवसायीक कर मिनाह गर्न समेत अनुरोध गर्नुभएको छ ।

‘यो पीडादायी अवस्थामा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ,‘समान्य अवस्था भएमा ब्यवसायीले समेत सक्ने सहयोग गर्नेछौ’ अध्यक्ष कटुवालले भन्नुभयो । म्याग्दी उवासंघले जिल्ला प्रशासन कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, नोपल उद्योग वाणिज्य महासंघ केन्द्रिय कार्यालयलाई समेत समस्या समाधानका लागि सहजीकरण गर्न अनुरोध गरेको बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना भाइरसको असहज परिस्थितिलाई दृष्टिगत गर्दै संघको मागलाई समाधानका लागि सरोकारावाला निकायबाट समेत सहयोगको अपेक्षा गरिएको श्रेष्ठको भनाई छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले कोरोनाको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) गएको वैशाख ३१ गतेसम्म जारी गरिएको निधेषधाज्ञालाई १० दिन थप गरि जेठ १० र तेस्रोपटक जेठ १७ गतेसम्मलाई लम्बाइएको छ ।

Leave a Reply