लगातारको वर्षाका कारण आएको पहिरोले बेनी–पोखरा जोड्ने मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखि नै बाटो बन्द भएको हो ।

निरन्तर पहिरो झरिरहेकाले हटाउने कामसमेत प्रभावित भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो । विगत दुई दिनदेखि वर्षा भैरहेको हुनाले पहिरो झरेको हो । पानी नरोकिएकाले र निरन्तर लेदो झरिरहेका कारण समस्या बाटो खुलाउन समस्या भैरहेको प्रहरीले जनाएको छ ।

सडकमा एम्बुलेन्स र ढुवानीका गाडी गुड्न सकेका छैनन् । बाग्लुङ, म्याग्दी, मुस्ताङ लगायतका ठाउँबाट थप उपचारका लागि पोखरा लैजानुपर्ने बिरामी तथा अत्यावश्यक कामका लागि आवतजावत गर्नेहरु मर्कामा परेका छन् । सडक बन्द हुँदा गाडीहरु पर्वतको नयाँ पुलमा अलपत्र परेका छन् ।

Leave a Reply