जटिल रोगले ग्रसित म्याग्दीको धवलागिरी गाउँपालिका-३, मुदी बगरका टेकबहादुर गर्बुजाको उपचारका लागि अमेरिकाबाट ४ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ ।

दुबै मृगौलामा खरावी, मुटु रोग र प्यारालाइसिसबाट ग्रसित भई आर्थिक अभावका कारण बेनीमा अलपत्र परेका गर्बुजाको उपचारमा तारा गौचन र मोहन सिन्तिजाको अगुवामार्फत संकलन गरिएको १ लाख ४ लाख १४ हजार ६०१ रुपैयाँ बिरामीलाई हस्तान्तरण गरिएको छ ।

पोखरास्थित मणिपालका चिकित्सकले नियमित चेकजाँचका लागि दिएको समय एक महिना गुज्रिको अवस्थामा उपचारमा आवश्यक खर्च जुटाउन नसक्दा बेनी नगरपालिका–७,इन्द्रेणी टोलको एउटा साघुँरो कोठामा अलपत्र पर्नुभएको गर्बुजाका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि स्वदेश तथा विदेशबाट धमाधम आर्थिक सहयोग जुट्न थालेको छ ।

उपचारमा आर्थिक जुटाउन नसक्दा कोठामै अलपत्र परेको थियौ,‘पोखरासम्म पुग्ने खर्च समेत थिएन्, अहिले सहयोगदाताहरुले सहयोग गर्न थाल्नुभएको छ’ बिरामीकी श्रीमति मनमायाँल गर्बुजाले भन्नुभयो ।

लकडाउनकै बिचमा समेत सहयोग जुटेपछि पोखरामा गएर चेकजाँच गरी फर्किएको गर्बूजाको भनाई छ । ‘सबैतिरबाट सहयोग आउँदा आश पलाएको छ,‘उहाँको उपचारमा चाहिने खर्च सबै सहयोगबाटै जुटाउनु मेरो बाध्यता हो’ मनमायाँले भन्नुभयो ।

थप सहयोग समेत जुट्यो
त्यस्तै उपचारमा खाडीमुलुक मलेसियाबाट धन बहादुर सुनारको पहलमा २३ हजार ८८५ र टेकबहादुर पुनले १५ हजार ६७९ रुपैयाँ, अष्टेलियाबाट मुदीका तेजेन्द्र पुनले ७ हजार, भारतीय सेनामा कार्यरत मुदीका यामराज घर्तीले ५ हजार, राखुकी जयन्ती पौडेलले ५ हजार र पोखराबाट याम पुनले ५ हजार सहयोग गर्नुभएको पीडित टेकबहादुरकी श्रीमति मनमायाँले जानकारी दिनुभयो ।

मुडो पल्टिए जस्तै गरी पल्टिएका श्रीमानलाई कुरेर बस्नुभएकी मनमायाँको अभियानमा स्थानीय महिला अगुवाले समेत साथ दिनुभएको छ । अहिलेसम्म मनमायाँले सहयोग ऋणधन गरी श्रीमानको उपचारमा करिब १२ लाख खर्च गरिसकेकी छन् । सहयोग गर्न चाहनेहरुका लागि पीडितकी श्रीमतिको मनमायाँ गर्बुजाको नं ९८४६९०१२०६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Donor list of America 

(1)paras Sherestha faliyagau $20.00 (2) jug bahadur pun muna $100.00 (3)chandra budha khoriya$100.00 (4)Gupta gharti chechung$ 100.00 (5) hom bahadur pun khibang$100.00 (6)Ukta Roka mudi$ 251.00 (7)Vimraj pun mudi$251.00 (man bahadur Sinkija khibang 251.00 (9)hem chhantyal gurja $51.00 (10) tirtha chhantyal gurja $51.00 (11)Chak Bk lulang $50.00 (12)Chak bahadur purja khoriya $100.00 (13)tara Gauchan lumsung $300.00 (14)Milan paija Patel khet$50.00 (15) Janga Bk lulang $50.00 (16)keshar Serchan chhisbang$100.00 (17)Ganga pun muna$ 251.00 (18)subhash Bhandari faliyagau $100.00 (19) Utam Bhandari faliyagau $100.00 (20)Buddhi paija lamsung 100.00 (21) Buddhi sherchan machhim$101.00 (22) Dal Gharti mudi $251.00 (23) Tam maya pun Bagar $101.00 (24) Hom bahadur budha lamsung $101.00 (25) sandip roka dharapani $32.00 (26) Raghu Subedi takum $100.00 (27) siru pun khibang $151.00 (28) Ananda Roka mudi$151.00 (29) Durga Gurung chitawon $51.00 (30) Rijan purja khibang$105.00