म्याग्दीमा यूवापुस्ताको सेयर बजारमा आर्कषण बढेसँगै म्याग्दी जेसीजले २३ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहको छैठौं दिन आइतबार सेयरबजार शिक्षा सम्बन्धि तालिम राखेको छ ।

कोरोनाको जोखिमले यसबर्षको सप्ताहका सबै कार्यक्रमहरुलाई डिजिलट प्रविधिको प्रयोग गरी सञ्चालन गरिरहेको जेसिजले आइतबार विहान ११ बजे सेयर बजारका अनुभवी प्रशिक्षक एवम् लगानीकर्ता दुर्गाप्रसाद काफ्लेले प्रशिक्षण दिने कार्यक्रम संयोजक सञ्जन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रशिक्षणको क्रममा सेयर बजारका समान्य ज्ञानदेखि लगानीका लागी कस्ता कम्पनी छनौट गर्ने, बजारको अवस्थाको विश्लेषण, शिक्षणमा डिम्याट खाता, लगानीकर्ताले ब्रोकर आइडी खोल्ने, अनलाइनबाट कारोबार सहित सेयर बजारका विभिन्न विषयमा जानकारी गराइने मुल संयोजक सन्दिप खत्रीले बताउनुभयो ।

म्याग्दीमा हालै भिजन सेक्युरिटीले सेयर कारोबार गर्न शाखा स्थापना गरेपछि लगानीकर्ता आर्कषित भएका छन् ।पछिल्लो समय प्राथमिक सेयर (आइपिओ) र दोस्रो बजारमा खेल्ने समेत ठूलो संख्यामा लगानीकर्ता म्याग्दीमा रहेका छन् ।

एउटै लगानीकर्ताले बार्षिक करोडौं शेयर बजारमा लगानी गर्नेसँगै नयाँ लगानीकर्ता र सेयर बजारका बारेमा चासो राख्नेहरुको संख्या धेरै भएकाले म्याग्दी जेसिज सप्ताहमा यो पटक सेयर बजार शिक्षाले समेत स्थान पाएको हो । यूवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय रहेको जेसीज सप्ताह जेठ ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने छ ।

Zoom Link: https://zoom.us/j/95093354741?pwd=eDl4enhZSExoV1hZckhkcTdpRExLQT09&fbclid=IwAR215jfXmUgEZYQPXO-3dZq3P4xTnuDriA4v-97RfZMvjxsLaKQ08J1G_QU#success

 

Leave a Reply