म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानका कार्यकारी समिति सदस्य सागर कार्की एनआरएनए जापान कान्तो क्षेत्रिय कार्यसमितिमा सचिवमा निर्विरोध हुनुभएको छ । बेनी नगरपालिका–२, बगरफाँट घर भई जापानमा रहनुभएका कार्की सन् २०२१–२३ कार्यकालका लागि सचिवमा चयन हुनुभएको मोना जापानका महासचिव गणेश श्रेष्ठले बताउनुभयो ।

सचिवमा चयन कार्कीले आफ्नो क्षमताले भ्याएसम्म संस्थाको अभियानलाई सफल बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

मोना जापानमा आवद्ध रहेका म्याग्देली एनआरनए जापान सहित विभिन्न क्षेत्रीय समितिमा समेत नेतृत्व तहमा छन् । आगामी कार्यकालका लागि समेत म्याग्देलीले एनआरएनए जापानमा समेत उम्मेदवारीको घोषण समेत सुरु भइसकेको छ ।