गैरआवासीय नेपाली संघ(एनआरएनए)अमेरिकाको सन् २०२१-२३ को निर्वाचनमा म्याग्दीका दुई उम्मेदवारले विजय प्राप्त गरेका छन् ।  एनआरएनएमा म्यारील्याण्ड च्याप्टरबाट उपाध्यक्षमा बेनी नगरपालिका–३ भकिम्लीका प्रेम सुबेदीले ९ सय ६२ मतले विजय भएका हुन् भने बेनी नगरपालिका-९ तोरीपानीका सञ्जोक कार्कीले म्यारील्याण्ड च्याप्टरबाट यूथ कोअर्डिनेटरमा निर्विरोध भएका छन् ।

म्यारील्याण्ड च्याप्टरबाट यूवा उपाध्यक्षमा सुबेदीले नेपालमा विभिन्न राजनीतिक तथा सामाजिक अभियानमा सक्रिय हुदै अमेरिका प्रवेश गरेका थिए ।  अर्को यूथ कोअर्डिनेटर कार्की समेत लामो समयदेखि अमेरिकामा छन् । विजय उम्मेदवारले अमेरिकामा रहेका नेपाली र आफ्नो जन्मभूमिका लागि आफुँले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।