मिलन म्याग्दी र युएसआईडीको आर्थिक सहयोगमा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमद्वारा स्वास्थ्यसम्बन्धीविभिन्न सामग्रीहरु सहयोग भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोनाभाइरसको संक्रमणबाट बच्नकालागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरिएको हो ।

म्याग्दी जिल्लामाकार्यरत महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुकालागि सुआहारा कार्यक्रमबाट ३२ हजार ९ सय पिस मास्क सहयोग गरिएको सुआहारा कार्यक्रमले जनाएको छ । यसैगरी १ सय एमएलको ३ सय७१ वटा र ५ सयएमएलको ४१ वटा स्यानीटाइजर, २० सेट पिपिई सेट र ६ सय पिस ग्लोब्स (पन्जा) सहयोग हस्तान्तरण गरिएको मिलनम्याग्दीकाकार्यकारी निर्देशकदिवाकुमारी पुनले बताइन् ।

महिला स्वास्थ्य स्वयंसेविकालाई ३ सय ७१ वटा स्यानीटाइजर, स्वास्थ्यचौकी र बेनी अस्पताललाई पाँचसयएमएलको ४१ वटा स्यानीटाइजरवितरण गरिएको सुआहारा कार्यक्रमम्याग्दीका फिल्ड संयोजकबालकुमारी पुनले बताइन् ।

उनले स्थानीयतहको कोभिड अस्पताल र बेनी अस्पताललाई २० थानपिपिई सेटसहित सतर्कताका लागिआवश्यक स्वास्थ्य सामग्रीहरु सहित जिल्लामा सुआहारा कार्यक्रमबाट कुलदुईलाख २७हजार तीनसय ३५ रुपैयाँको स्वास्थ्य सुरक्षा सामग्रीवितरण गरिएको जानकारी दिएकी छन् । जिल्लाका ३० वटा बर्थिङ सेन्टरलाई ५ हजार थान फेससिल्डपनि सहयोग गरिएको छ ।

उक्त सामग्रीहरु स्थानीयतहकाजनप्रतिनिधि र स्वास्थ्य संयोजकसँगको समन्वयमावितरण गरिएको थियो । त्यस्तै मिलन म्याग्दीबाट २५हजारतथा संस्थाका सहसचिव ज्ञानुकुमारी केसीको पाँचहजारसहित ३० हजार रुपैयाँको ६० सेट पिपिई खरिद गरी बेनी अस्पताललाई हस्तान्तरण गरिएको कार्यकारी दिर्नेशकदिवापुनले बताइन् ।

स्वास्थ्य सामग्रीमिलनम्याग्दीकाकार्यकारी निर्देशकपुनसहित सहसचिव केसी, कार्यसमिति सदस्यमिना राम्जाली र पूर्व कोषाध्यक्ष सुमित्राथजालीले बेनी अस्पताल व्यवस्थापन समितिकाअध्यक्ष बेलबहादुर कटुवाल तथानिमित्त मेडिकल सुपरिटेन्डेन्ट डाकटर जितेन्द्र कँडेललाई हस्तान्तरण गरेकाथिए ।

Leave a Reply