सिटिजन्स बैंकले एफ वान सफ्ट इन्टरनेसनल प्रालिसँग सहकार्य गरेर आफ्ना ग्राहकको सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । साे बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ‘पेडे लोन’ योजना सार्वजनिक गरेका हुन् ।

साे बैंकमा तलब खाता सञ्चालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम २ लाखसम्म मोबाइल बैंकिङ्गबाट ‘पेडे लोन’ सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो कर्जाका लागि कुनै पनि निवेदन दिन र कानुनी कागजात गरी रहनुपर्ने छैन । बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न ‘पेडे लोन’ सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ ।आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले ‘पेडे लोन’ योजना संचालनमा ल्याएको जनाएको छ ।

Leave a Reply