पछिल्लो समय म्याग्दी र कालिगण्डकी नदी दोहन बढेपछि प्रहरीले उत्खनन्मा प्रयोग भइरहेका स्काभेटर सहितको सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ ।

शुक्रबार मंगला गाउँपालिका–३ पानबगरस्थित म्याग्दी खोलामा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा बावियाचौर प्रहरी चौकीबाट खटिएको टोलीले ग १ क ५३२४, बा ३ क ३३७ ट्रिपर र बा २ क १२१३ नम्बरको स्काभेटर गरी ३ वटा सवारी साधनलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय म्याग्दी मार्फत जिल्ला समन्वय समिति म्याग्दीमा पठाईएको प्रहरी निरीक्षक एवम् सुचना अधिकारी विरेन्द्र राज गुरुङ्गले जानकारी दिनुभयो ।

यसअगाडी उत्तरी म्याग्दीमा कालिगण्डकी नदीमा प्रयोग भएको स्काभेटर सहितको सवारीसाधनलाई नियन्त्रणमा लिइएको थियो । खोलामा उत्खनन् भईरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले धमाधम स्काभेटर र ट्याक्टर सहितका प्रयोग गरिएका सवारीसाधनहरु आवश्यक कारबाहीका लागि पठाउने गरेको छ ।

जिल्लामा स्थानीय तहले अनुमति दिएको र टेन्डर प्रक्रियाबाट समेत उत्खनन् गरिरहेको अवस्थामा समेत प्रचलित कानून विपरित भएकाले सुरक्षा समितिले नियन्त्रणका लागि पठाउने गरेको छ । राजनीतिक पहुँचका आधारमा उत्खनन् गरिएपनि प्राकृतिक स्रोत अवैध उत्खनन् सम्बन्धमा कारबाही गर्ने व्यवस्था भएका निकायको जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply