बेनी फुटबल क्लब (बेनी एफसी) अष्ट्रेलिय चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा सुसन श्रेष्ठ निर्विरोध चयन भएका छन् । अष्ट्रेलियमा रहेका म्याग्देली फुटबल खेलाडीहरुले सन् सन् २०१५ मा स्थापना गरेको क्लवको उपाध्यक्षमा सुरज तुलाचन, सचिव हरि गिरी, सहसचिव प्रदिप अधिकारी, कोषाध्यक्ष सर्विन श्रेष्ठ, सहकोषाध्यक्ष दिपक घर्ती रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा दिनेश खत्री, सुवास खत्री क्षत्री, गणेश बोगटी, आषिश कर्माचार्य, दिम्पल छन्त्याल, रोशन खत्री, दिपेन्द्र भण्डारी, लक्की श्रेष्ठ, सनील श्रेष्ठ, हिक्मत श्रेष्ठ, मनोज श्रेष्ठ, योन्ज तामाङ र बिकास गौचन रहेको सचिव हरि गिरीले जानकारी दिए।

नेपाली फुटबल क्लवमा लोकप्रिय र ठूला प्रतियोगिताको उपाधी जित्ने बेनी एफसीको उचाईलाई थप फराकिलो बनाउने अध्यक्ष श्रेष्ठले बताए । उनले खेलकुद सहित रचनात्मक क्रियाकलापमा समेत क्लवले अग्रसरता देखाउने बताए । रोशन खत्रीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा सुसन श्रेष्ठको स्वागत, आशिष कर्मचार्यको आर्थिक तथा लक्की श्रेष्ठले प्रगति प्रतिबेदन तथा कार्यक्रम सञ्चालन गरेका थिए ।

क्लवमा आवद्ध खेलाडीहरु नेपालको विभिन्न  ए डिभिजन क्लबहरुबाट खेलको अनुभब लिएका साथै राष्ट्रीय टिमबाट समेत खेलेका खेलाडीहरु रहेका छन।  प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने बेनी एफसीले हालसम्म दुईपटक गोर्खा–नेप्लिज लिग फुटबल प्रतियोगिता, दुईपटक जिएनसी शिल्ड, यती कप, बौद्ध कप र टिआरसी कप आफ्नो पोल्टामा पार्न सफल भएको छ।