म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ बजार म्याग्दी खोलाको कटानले जोखिममा परेको छ। लगातारको बर्षासँगै खोलामा पानीको बाहब बढेपछि मालिका गाउँपालिका–६बजार संरक्षणका लागि बनाइएको संरचना, झोलुङे पुल आसपासमा कटान गरेको छ।

सोही वडाको टोलाबाङमा सात घरका २४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विस्थापित पानमति राना ,मनलाल पुन ,जङ्गबहादुर राना ,मन्दिर सिउंथानी ,तोलाबाङका पुर्ण बिक र दिलकुमारी पौडेलको घर नदी कटानको उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

यसैगरी नदी कटानका कारण जनप्रिय माविको दुई कोठे भवन र खेलमैदान ,लगायत नदी किनारमा रहेका पसल समेत जोखिममा छ । बुधबार विहानदेखि नदीमा पानीको बाहब घट्दै गएपनि जोखिम कायमै रहेको छ ।

Leave a Reply