नेपाली काँग्रेस काठमाडौँ सम्र्पक समितिद्धारा नेपाली काँग्रेस म्याग्दीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । समितिले करिब ६० हजार बराबरको माक्स, फेस शिल्ड, भिटामिन लगायतको स्वास्थ्य सामाग्री समितिका सभापती चित्र कार्की केसी, कोषाध्यक्ष गोपाल बानियाँले जिल्ला सभापती खमबहादुर गर्बुजालाई हस्तातरण गरेका हुन् ।

उक्त प्राप्त स्वास्थ्य सामाग्री जिल्लामा रहेका कोरोना संक्रमतिको उपचारमा कोभिडबाट प्रभावित भएको गाउँमा सहयोग गरिने गर्बुजाले बताए।  उनले जिल्लाको हरेक विपतको समयमा कांग्रेसले जिल्लाबासीको लागि सहयोग गरेको बताउदै कोरोना नियन्त्रण र रोकथाममा पनी सहयोग गरिरहेको बताए। अहिलेको अबस्थामा कोरोना कम नहुदै जिल्लामा अर्को विपत आएको बताउदै सबैलाई सर्तक रहन समेत आग्रह गदैं विपद्मा परेका म्याग्देलीलाई सहयोग गर्ने गरी अभियान सुरु गरेको बताए ।

जिल्लाको हरेका अबस्थामा सहयोग गरेको बताउदै यो महामारीको समयमा केही राहत होस भनेर समिती भित्र रहेकाहरुको सहयोग उक्त सामाग्री सहयोग गरेको समितिका सभापती कार्कीले बताए । उनले विपद्मा समेत जिल्लाबासीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विज्ञापन