शेयर खरिद सम्झौतामा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकाल र केसीएलको तर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका छन् ।

बैंकले केसीएलको ५१.२० प्रतिशत शेयर स्वामित्व खरिद गरेको हो ।  सम्झौता अनुसार केसीएल अब  गरिमा विकास बैंकको सहायक कम्पनी बनेको छ । साथै केसीएलले अब गरिमा क्यापिटलको नामबाट सेवा प्रदान गर्ने छ ।

केसीएल नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले लगानी ब्यबस्थापन सेवा प्रदान गर्दै आएको छ ।  सदरमुकाम बेनी बाहेक मंगला गाउँपालिकाको बावियाचौर, मालिका गाउँपालिकाको दरबाङ, अन्नपूर्ण गाउँपाकिलाको पोखरेबगरमा शाखा रहेको छ । गरिमाले जिल्लाका सबै बस्तीमा जनतालाई बैकिङ पहुँचभित्र राख्ने गरी ग्रामिण क्षेत्रका शाखा विस्तार गरेको थियो । म्याग्दीमा सबैभन्दा धेरै रेमिट्यान्स सहित ग्राहक संख्या रहेको बैंकभित्र समेत पर्छ ।

विज्ञापन