अपहरणपछि हत्या गरिएका कैलालीका पत्रकार जेपी जोशीको हत्याको
भत्स्रना गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले दोषीमाथि कडा कारवाही
गर्न माग गरेको छ । शाखा अध्यक्ष हरिनारायण गौतमले आईतवार एक विज्ञप्ति
प्रकाशित गरी समाचार र लेख प्रकाशन गरेको आधारमा अपहरणमा परेका कैलालीका
पत्रकार जनदिशा दैनिकका संवाददाता तथा क्रान्तिकारी पत्रकार संघ कैलालीका
अध्यक्ष जेपी शाहको हत्याले सिङ्गो प्रेस गम्भीर भएको उल्लेख गर्दै घटनामा
संलग्न दोषीलाई कडा कारवाही गर्न र पिडित परिवारलाई उचित क्षतिपूर्तिको
ब्यवस्था गर्न माग गर्नु भएको छ ।

विज्ञप्तिमा पत्रकारको रक्षा गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै अपहरण भएको लामोसमयसम्म

पनि खोजी गर्न स्थानिय प्रशासनले चासो नदेखाउनु गैरजिम्मेवारीपन
भन्दै महासंघ अध्यक्ष गौतमले हत्या गरिएका पत्रकारको परिवारलाई उचित
क्षतिपूर्ति सहित उनका बच्चालाई लालनपोषणको ब्यवस्था मिलाउन सरकारसंग माग
गर्नु भएको छ । वहाँले पत्रकार हत्याको विरोधमा सोमवार बागलुङमा पनि विरोध
र् यालीको आयोजना गरिएको र प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र
वुझाउने कार्यक्रम रहेकोले कार्यक्रममा सहभागी भई ऐक्यवद्धता जनाईदिनु हुन
सवै संघ संस्था र साचारकर्मीलाई अनुरोध गर्नु भएको छ ।

यसैविच क्रान्तिकारी पत्रकार संघ बागलुङले पनि आईतवार नै एक
विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको भत्स्रना गर्दै दोषीमाथि कानुनी
कारवाही गर्न माग गरेको छ । संघका जिल्ला अध्यक्ष बद्रीप्रसाद शर्माद्धारा
हस्ताक्षरित विज्ञप्तिमा लेखेकै भरमा पत्रकारको हत्या हुनु निन्दनीय भएको
उल्लेख गर्दै उक्त घटनाको छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरिएको छ ।