गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको २०२१-२०२३ कार्यकालको एन यस डब्लु युवा संयोजकमा म्याग्दीमा बद्री बरुवाल क्षेत्रीले उम्मेदवार दिएका छन् । अस्ट्रेलियामा शिक्षा तथा सामाजिक र नेपाली बिचको सहकार्य हुने विभिन्न कार्यक्रममा आफ्नो फरक पहिचान बनाउन सफल बरुवालले यूवालाई रचनात्मक अभियानमा सहभागि सँगै नेतृत्वको अवसर समेत दिनुपर्ने भन्दै उम्मेदवारी दिएको बताएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घार स्थायी घर भई अस्ट्रेलियामा रहेका बरुवालले आफ्नो उम्मेदवारी घोषणा गदैं सहयोगका लागि अपिल समेत गरेका छन् । ‘बेला हो परिवर्तनको,डायसपरा हाक्ने पालो अब युवा पिडिको, विशुद्ध समाजसेवा र एकताबद्ध युवाको लागी मेरो उम्मेदवारको’ नारा तय गरी चुनावी मैदानमा होमिएका बरुवाल सन् २००९ देखि स्टुडेन्ट हुँदै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न सामाजिक काममा संलग्न छन् ।

मात्रृभूमि सेवा समाजका अध्यक्ष, रेखा मोमोरिय ट्रष्टका अध्यक्ष तथा शैक्षिक परामर्श केन्द्र स्टुडेन्ट भाइब्सका सञ्चालक रहेका बरुवालले अस्ट्रेलियामा पुष्कर ट्रस्ट गाला डिनरको नेतृत्व गरी नेपालका महान साइकल यात्री पुष्कर शाहलाई ४ लाख ९५ हजार सहयोग जुटाएका थिए । उनले म्याग्दीमा हरेक बर्ष सहयोग गर्ने गरेका छन् ।

केही महिना अगाडी उच्च शिक्षाबाट बन्चित भएकी म्याग्दीकी एक विद्यार्थीलाई कक्षा ११ र १२ सम्म पढ्न ५० हजार नगद तथा विभिन्न समयमा आर्थिक अभावका कारण समस्यामा सहयोग गर्ने गरेका छन् ।तीन महिनाअगाडि बृहत ऐतिहासिक ‘म पनि बोल्छु’ भन्ने वक्तृत्व कला प्रतियोगिता समेत आयोजना गरी यूवापुस्तामा आफ्नो पहिचान बनाउन सफल भएका बरुवालले अस्ट्रेलियामा नेपालीहरुमाझ पुग्न एनआरएनए अभियानमा जोडिएको बताए ।

 

 

विज्ञापन