बाहिर बसेर संस्थामाथि आरोप लगाउनुभन्दा संस्थाभित्रै आएर केही परिवर्तन गर्न सकिन्छ कि भन्ने मूल उद्देश्यले मैंले मेरो उम्मेदवारी हजुरहरु समक्ष राखेको छु । कुनै पनि संस्था अत मन्दिर नराम्रो हुँदैन । त्यसलाई चलायमान गर्ने पदाधिकारी अत पुजारीको नियत ठीक छैन भने त्यसको कुनै औचित्य र गरिमा रहँदैन । परिवर्तनका सम्वाहक मानिने युवा अब नयाँ जोश उमङ्गले संस्थामा परिवर्तन ल्याउने चुनौति आएको छ ।

सन् २००५ मा जुन उद्देश्यले यस संस्थापकहरुको अथक परिश्रमले यस संस्थाको जन्म भयो । के यो त्यसको मर्म र भावनाको गतिमा गइरहेको छ त ? यसको गम्भीर छलफल र बहस गर्नुपर्ने बेला आएको छ । समाजसेवा एउटा विशुद्ध र पवित्र त्याग हो र उच्च स्थानको काम हो तर समाजसेवाको नाममा हाम्रो समुदायमा भइरहेका क्रियाकलापहरु राम्रोसँग नियाल्नुपर्ने आवश्यक छ ।

सात समुन्द्रपारी नेपालका विभिन्न स्थानबाट आफ्नो कर्मथलो बनाएको परिश्रमी मौरी झैं हामी नेपाली समुदाय आफ्ना े बलियो पकड बनाउँदैछौं अष्ट्रलियामा । तर यदि हामीहरु एकअर्कामा संकीर्ण सोच र बदलाको भावना विकास ग¥यौं भने हामी चढेको विमान गन्तव्य नपुग्दै दुर्घटनामा पुग्ने सम्भावना हुन्छ । प्रवासमा नेपाली युवा विद्यार्थीहरुको भूमिका, चुनौति र दायित्व अत्यन्त गम्भीर रहेको छ ।

सिर्जनशील हात, सम्भावनाका खानी, अतुलनीय उर्जा परिवर्तनका सम्वाहक युवा विश्वको महत्वपूर्ण ऐतिहासिक र निर्णायक आन्दोलनमा होमिएका र नेपालमा पनि २००७ को प्रजातान्त्रिक क्रान्तिदेखि लिएर २०६२÷०६३ सम्मको जनआन्दोलन २ मा युवाकै त्याग र अर्पण देखिन्छ । देशमा विद्यमान राजनीतिक अस्थिरताका कारण फेरी युवा हरवखत सक्रिय र गतिशील छन् र विदेश पलायनका विविध बाटाहरु पहिल्याई अन्तर्राष्ट्रिय विद्यार्थी हुँदै देश छोड्ने योजना बनाएका छन् ।

अष्ट्रेलियामा पनि नेपाली विद्यार्थीले आफ्नो राम्रो पकड बनाएका छन् ।अब अष्ट्रेलियाको सेरोफेरोमा रहेर हेर्ने हो भने अबको टड्कारो आवश्यकता विमान विद्यार्थीको अभिभावक एनआरएनएले युथ कोअर्डिनेटमार्फत् युवा तथा विद्यार्थी सशक्तिकरणको अभियान चलाउनुपर्ने टड्कारो आवश्यकता रहेको छ ।

विद्यार्थी युवाको लागि सक्षम युवाकै नेतृत्व आवश्यक रहन्छ । हाम्रो समुदायमा विभिन्न युवा संस्थाहरु जस्तै भिएफएमएल (भिजन फर मोटिभेसनल), वीनर सर्कल, असपाली हाम्रो सानो प्रयास जस्ता अन्य अभियानहरु छन् । यहाँहरु सबैसँग सहकारी गरेर मात्र युवा सशक्तिकरणका अभियानहरु चलाउन सकिन्छ । त्यस्तै हाम्रो धेरै युवा साथीहरुमा निम्न योजना ल्याउने मेरो योजना छ ।
1) मेन्टल हेल्थको योजना अन्तर्गत ध्यान, योगका कार्यक्रमहरु सञ्चालन गर्ने ।
2) त्यस्तै जुवा र कुलतमा परेकालाई क्रियटिभ काममा प्रोत्साहन गर्ने ।
3) विद्यार्थी कल्याणकोषलाई अझै बलियो बनाउने ।
4) एनआरएनए युथ स्टुडेन्ट अवार्डको स्थापना र कार्य सम्पादन गर्ने जसले युवाहरुमा थप सकारात्मक पैदान गर्न सक्छ ।
5) मनोरञ्जन र खेलकुद सम्बन्धी विशेष कार्यक्रम ल्याउने ।
6) युवा सशक्तिकरणको ठोस कार्यक्रम ल्याउने ।
7) अन्त्यमा नेपालको जस्तै राजनीतिक अभ्यास पूर्णरुपले निरुत्साहित गर्ने ।
8) युवा, विद्यार्थी यहाँ पहिलो पुस्ता र अग्रज अभियन्ताको एउटा सच्चा पुल बन्ने भन्ने मेरा मूलभूत योजना रहेका छन् ।
अन्त्यमा पहल आफै– आफ्नै समाजबाट प्रारम्भ गर्नुपर्छ । हाम्रो यो दुरगामी अभियान हाम्रो जीवनलाई सरल, सकारात्मक र संस्थालाई सबैको साझा मन्दिर बनाउने हो । एनआरएनए अष्ट्रेलिया र युवा विद्यार्थीका जुन ग्याप छ त्यसलाई युवा संयोजकले जोड्ने हुँदा अझ सशक्त रुपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको छ ।

विगत १२ वर्ष विद्यार्थी भिसामा आएपछि आफूले भोगेका समस्यालाई पहिलाको परिवेशमा कसरी समाधान गर्न सकिन्छ भन्नेमा मेरो ध्यान रहनेछ । यहाँ रहँदा युवा शक्तिहरुबीच विभिन्न समयमा सामाजिक कार्यहरुमा आफूलाई सहभागी गराउने अवसर प्राप्त भयो । त्यसलाई अझै परिवमार्जत ढङ्गले आउने मेरो प्रतिबद्धता रहनेछ र समुदायका आग्रह तथा युवा विद्यार्थीहरुसँग सहमति, सहकार्य र एकताको लागि सबै समर्पित रहनेछु ।

 

 

Leave a Reply