गैरआवासीय संघ मोना नेदरल्याण्डको अध्यक्षमा म्याग्दीका मिम पूर्जाले उम्मेदवारी दिएका छन् । म्याग्दीको मंगला गाउँपालिका–३, बरंजा घर भई लामो समयदेखि ब्यवसायको सिलसिलामा नेदरल्याण्डमा रहेका पूर्जाले २०२१–२३ कार्यकालका लागि उम्मेदवारी दिएका हुन् ।

मोना अन्तराष्ट्रियको बरिष्ठ उपाध्यक्ष समेत रहेका पूर्जाले यसअगाडी समेत सहमतिका लागि अध्यक्ष पद छोडेका थिए । यूरोपमा विभिन्न नेपाली संघसंस्थामा कार्यरत पूर्जाले निर्वाचनमा सहयोग गर्न समेत अपिल गरेका छन् । ‘एनआरएनएको अभियानमा सधै संगै छु,‘सबैतिरबाट सहयोगको प्रतिबद्धता समेत आइरहेको छ’ पूर्जाले भने ।

उनले यसपटक आफ्नो उम्मेदवारीलाई एनआरएन नेरदल्याण्डको संस्थागत र विभिन्न अभियानसँग जोड्ने समेत बताए ।अध्यक्षका प्रत्यासी पुर्जाले ब्यवसायसँगै सामाजिक क्षेत्रमा समेत निरन्तर सहयोग गर्ने गरेका छन् । म्याग्दी जिल्लामा बाढीपहिरोबाट विस्थापित, विपन्नको उपचारका साथै आर्थिक अभावका कारण उच्च शिक्षाबाट बन्चित भएकालाई समेत सहयोग र कोरोनाबाट जोखिममा रहेका प्रवासी म्याग्देलीलाई समेत विभिन्न सहयोग गरेका छन् ।

यसैबीच नेदरल्याण्डमै रहेका मंगला गाउँपालिका–२ बावियाचौरका टिकाराम सापकोटाले आइसीसी सदस्यमा उम्मेदवारी दिएका छन् । उनले यसअगाडी समेत एनआरएनए नेदरल्याण्डको अध्यक्षमा उम्मेदवारी दिएका थिए । अध्यक्ष र आइसीसी सदस्यका प्रत्यासीलाई सहयोग गर्न म्याग्देलीले अपिल गरेका छन् ।

Leave a Reply