गण्डकी प्रदेशमा निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमितको संख्या क्रमश बढ्न थालेको छ । निषेधाज्ञा खुलेसँगै चहलपहल बढेपछि कोरोना संक्रमितको संख्या क्रमश बढन थालेको छ ।  कास्कीमा गत शुक्रबार ५८१ रहेको सक्रिय संक्रमितको संख्या बढेर ७०९ पुगेको छ । गत शनिबार ६३५, आइतबार ५४८, सोमबार ५३२, मंगलबार ५२९ पुगेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यसैगरी बुधबार ५३०, बिहीबार बढेर ५६० पुगेको थियो । यो संख्या आज शुक्रबार एक्कासि बढेर सक्रिय संक्रमित ७०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
कास्कीमा अघिल्लो शुक्रबार ३९२ जनामा संक्रमित पुष्टि भएकोमा शनिबार पनि ३९२ जना नै संक्रमित भएका थिए ।

Leave a Reply