चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षकी सुजिता भण्डारीको शव भेटिएको छ । असार ११ गतेदेखि हराएकी भण्डारीको शव ब्रह्मस्थानी सामुदायिक वनमा हिजो बेलुका फेला परेको हो ।

साथीको घर जाने भनेर हिँडेकी भण्डारी त्यसपछि बेपत्ता भएकी थिइन । उनले ११ गते राति दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply