बेनी अस्पतालमा आवश्यक पर्ने खानोपनीको समस्या समाधान गर्न जमिन मुनीबाट पानी निकाल्न गरिएको डिप वोरिङ परीक्षण सफल भएको छ। अस्पतालको माथिल्लो भागमा ड्रिलिङ मेसिन जडान गरेर गरिएको परीक्षणका हाल क्रममा प्रति सेकेन्ड ४.२ लिटर पानी निस्किएको हो ।

५० सैयाको अस्पतालमा आवश्यक पर्ने खानेपानीमा आत्मनिर्भर हुन अस्पताल ब्यवस्थापन समितिले गण्डकी प्रदेश सरकारको सहयोगमा भारतीय प्राविधिकको सहयोगमा बाह्ै महिना प्रति सेकेण्ड २.४ लिटर पानीको सम्झौता भएको थियो । ५० मिटर, १ सय र १ सय ५० मिटर तल जमिन मुनी पानी रहेकाले हाल परीक्षणको क्रममा प्रति सेकेण्ड ३ लिटर पानी छोडिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

‘परीक्षण सफल भएको छ,‘थप आवश्यक संरचनाको काम समेत अन्तिम चरणमा छ’ अध्यक्ष कटुवालले भन्नुभयो। जमिन मुनीबाट पानी निकाल्ने कार्य सम्पन्न भएपछि नजिकै रहेको पुरानो ट्याकी र ५० हजार लिटरको नयाँ ट्याकीको समेत निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बोरिङ, ट्याकी, मोटर लगायतका आवश्यक संरचनामा कुल ५० लाखको बजेट रहेको थियो ।

अवको तीनदशक सम्मलाई खानेपानीको अभाव हुन नदिने गरी संरचना बनाइरहेको छ ।  बर्खा र हिउँदमा एकैनास पानी आउने प्राविधिकको भनाई छ । म्याग्दीमा बोरिङ प्रबिधिको पानी निकाल्ने बेनी अस्पताल पहिलो संस्था भएको छ । यसैबीच जमिनमुनीबाट निस्किएको पानीको परीक्षणका लागि ल्यावमा पठाउने तयारी भइरहेको छ ।

Leave a Reply