जापानको सम्भावना र चुनौतीमा अग्रजको सुझाब विषय अनलाइन कार्यक्रम हुने भएको छ। गैर आवासीय नेपाली संघ क्युस्युको आयोजना र म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय कार्यसमिति क्युस्युको व्यवस्थापनमा जापानमा बसोबास गर्ने नेपालीहरुलाई उपलब्धीमुलक कार्यक्रम गरिएको कार्यक्रम प्रस्तोता उज्ज्वल बानियाँले बताउनुभयो ।

‘जापान आउनुभन्दा अगाडी धेरै जानकारी आवश्यक छ,‘हामीले नेपालीको समस्या समाधानका लागि यो प्रयास गरेका छौ’ मोना क्षेत्रीय समिति क्युस्युकको अध्यक्ष बानियाँले भन्नुभयो । उहाँका अनुसार जपानमा आवतजावत गर्नेहरुलाई समेत लक्षित गरी कार्यक्रम गरिने छ । कार्यक्रम प्रसारण प्रत्येक महिनाको पहिलो शनिबार बेलुका ९ः१५ बजे जापनको समय र बेलुका ६ः०० बजे नेपालको समयमा हुने छ । उक्त कार्यक्रमको दृष्टिपथ अनलाइन मिडियाले समेत सघाएको छ ।

प्रसारण हुने स्थान NRNA क्यूस्यू फेसबुक पेज @nrnakyushu19 मोना क्युस्यू फेसबुक पेज @monakyushujapan दृष्टिपथ अनलाइन मिडिया फेसबुक पेज @drishipathnews युट्युब च्यानल information center

Leave a Reply