बेनी नगरपालिका–५,डडुवामा मंगलबार गरिएको एन्टिजेन परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। समुदायमा कोरोनाका लक्षण भएका बिरामीको संख्या बढ्दै थान थालेपछि डडुवा टोल सुधार समिती र ज्योती युवा क्लबको संयोजनमा बेनी नगरपालिका स्वास्थ्य शाखाले परीक्षण गरेको थियो ।

७५ जनामा गरिएको एन्टीजेन परीक्षणमा ८ जना पुरुष र ५ जना महिलामा कोरोना पुष्टी भएको बेनपा स्वास्थ्य शाखा प्रमुख लिला गौतमले बताउनुभयो ।‘सानो गाउँमा भेटिएको कोरोना संक्रमतिको संख्या धेरै हो,‘आवश्यक सर्तकता अपनाउन अनुरोध गरेका छौ’ गौतमले भन्नुभयो ।

उहाँले कोरोना पुष्टी भएकालाई घरमा सुरक्षित बस्न अनुरोध गरिएको छ ।एन्टिजेन परीक्षणमा पोजेटिभ आएका मध्ये २० जनाको स्बाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइने जनाइएको छ । कोरोना पुष्टी भएकालाई जनस्वास्थ्यको मापदण्ड पालना गरी घरमै बस्न अनुरोध गरिएको छ ।

टोल सुधार समितिका संयोजक अर्जुन भण्डारी र क्लवका सल्लाहकार प्रेम क्षेत्रीले बिरामीलाई नियमित स्वास्थ्य परीक्षण तथा आवश्यकतामा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्लाको ग्रामिण क्षेत्रमा धमाधम कोरोना संक्रमति भेटिन थालेका छन् । डडुवाको छिमेकी मंगला गाउँपालिका वडा नं १ कुहुँमा समेत कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि १० दिनका लागि वडा सिल गरिएको छ ।

Leave a Reply