वर्षाले ठाउँठाउँमा पहिरो जाँदा धौलागिरी प्रवेश गर्ने प्रमुख नाका अबरुद्ध बनेको छ। गएरातीको भिषण वर्षाका कारण पोखरा–बागलुङ सडक र बेनी–मालढुंगा– पोखरा सडकखण्डको कुश्मा नगरपालिका वडा नं. ८ मा पर्ने सुन्दरे खोलाले सडक अवरुद्ध बनेको हो।

सडकमाथिको भिरबाट लेदो माटो खसेर बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ। बाटो अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरु बिच बाटोमै अलपत्र बनेका छन्।  सुन्दरे खोलाले बगाउँदा एउटा गाडी र गाडीमा सवार इक ३ जना वेपत्ता भएका छन् । गएरातीको भिषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्ट्रक्सनको गाडी र त्यसमा सवार ३ जना वेपत्ता भएका थिए ।

 

Leave a Reply