अविरल बर्षासँगै बुधबार विहानै विरामी बोकेर आएको सवारीसाधन फसेपछि गंगा जिसी फाउण्डेशन र स्थानीय यूवाको प्रयासमा उद्धार गरिएको छ ।

ग १ य ७५३ नम्बरको सवारीसाधनमा बेनी–दरबाङ सडकखण्डबाट बेनीतर्फ आउँदै गर्दा बेनपा–६ डम्बरा आसपासमा लेदोले फसेपछि फाउण्डेशनका स्वयंमसेवक सहित स्काभेटरको प्रयोग गरी बिरामी चढेको सवारीसाधनलाई बाहिर निकालिएको डम्बराका स्थानीय यूवा विशाल खत्रीले बताए ।

उनका अनुसार राती करिब साढे १ बजे फसेको सवारीसाधनलाई विहान साढे ३ बजे स्थानीय यूवा र फाउण्डेशको प्रयासमा उद्धार गरिएको थियो । स्थानीय यूवाहरुको सहयोगमा मेसिनको प्रयोग गरी निकालिएको फाउण्डेशका अध्यक्ष नारायण जिसीले बताए ।

लगातारको बर्षाले सवारीसाधनमा थप क्षती हुने बिरामी समेत बाटोमै अलपत्र पर्ने अवस्थालाई मध्यनजर गरी तत्कालै पुगेको उनले बताए ।

फाउण्डेशनले कोरोना रोकथाम सहित विभिन्न सामाजिक एवम् मानवीय सेवामा सक्रियता देखाउने गरेको छ । लगातारको बर्षाले ग्रामिण क्षेत्रबाट उपचारका लागि आउने बिरामीलाई समेत सास्ती हुने गरेको छ । सडकमा हिलो जमेकाले बिरामी बोक्ने एम्बुलेन्स ग्रामिण क्षेत्रमा गुड्नै नसक्ने भएपछि अन्य सवारीसाधनको प्रयोग गर्ने गरिएको छ ।

Leave a Reply