सफल खेलाडी मेस्सीलाई सावित गर्ने मौका

0

विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, लियोनल मेस्सी जस्ता ठूला खेलाडीले आफ्नो जन्म सोही भूमिमा लिएका छन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब इतिहासमा धेरै उपाधिहरु जिताए । तर, देशका लागि भने ठूलो उपाधि जिताउन सकेका छैनन् । जति–जति मेस्सीको उमेर छिपिँदै जान्छ, त्यति नै फुटबल प्रेमीहरुको मनमा एउटा डर उत्पन्न हुन्छ ।

कारण उनले देशलाई कुनै पनि उपाधि दिलाउन सकेका छैनन् । दुईपटक ‘कोपा अमेरिका’मा अर्जेन्टिनालाई फाइनलमा पुर्याएर पनि उपाधि दिलाउन नसकेका मेस्सीले सायद अन्तिमपटक कोपा अमेरिका खेल्दैछन् ।

अर्को ठूलो फुटबल प्रतियोगिता ‘विश्वकप फुटबल’मा अर्जेन्टिनालाई फाइनलमा पुर्याए पनि उपाधि दिलाउन भने सकेनन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने धेरैजसो खेलाडी युरोपियन क्लबहरुमा राज गरिरहेका छन् । स्पेनिस क्लब बार्सिलोनामा लामो समययता राज गरिरहेका कप्तान मेस्सी, बार्सिलोनाकै सर्जियो अग्युरो, इटालियन क्लब युभेन्टसमा पाउलो डिबाला, फ्रान्सेली क्लबमा एन्जल डी मारियालगायत  खेलाडीहरु विश्व फुटबलमा राज गरेर बसेका छन् ।

जब अर्जेन्टिनाले अन्तरराष्ट्रिय स्तरमा ठूलो प्रतियोगिता खेल्छ, सबैभन्दा पहिला मेस्सीको नाम आउँछ । गोल गर्ने खेलाडीको पहिलो रोजाइमा रहेका हुन्छन्, उनी । सन् २०१८ मा रुसमा विश्वकप फुटबल सम्पन्न भयो । उक्त विश्वकपमा कप्तान लियोनल मेस्सीले आफ्नो टोलीलाई अन्तिम १६ सम्मको यात्रा तय गराए । तर, फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना विश्वकप फुटबलबाट बाहिरिएको थियो ।

उक्त हारपछि मेस्सीले राष्ट्रिय टोलीबाट केही समय विश्राम लिए । मेस्सी ‘कोपा अमेरिका’का लागि राष्ट्रिय टोलीमा फर्किए । पुनरागमनपछि राष्ट्रिय टोलीबाट मेस्सीले खेलेको पहिलो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो ।

उक्त खेलपछि अर्जेन्टिनाले खेलमा राम्रो लय ल्याएको अर्जेन्टिनाका समर्थकहरुको आशा थियो । उक्त आशा त्यसको एक सातापछि निराशामा बदलियो । अर्जेन्टिनाले ‘कोपा अमेरिका’को पहिलो खेलमा नै पराजित हुँदै प्रतियोगिताको सुरुआत गर्यो । पहिलो खेलमा पराजित हुँदा नै समर्थकहरुले कप्तान मेस्सीको आलोचना गर्न थाले । अर्जेन्टिना कोलम्बियासँग २–० गोलले पराजित भएको थियो ।

पहिलो खेलमा पराजित अर्जेन्टिनाले ‘कोपा अमेरिका’को दोस्रो खेलमा पाराग्वेसँग १–१ गोलको बराबरी खेल्यो । त्यसपछि अर्जेन्टिनालाई तेस्रो खेलमा भने सफलता मिल्यो । तेस्रो खेलमा अर्जेन्टिनाले जित निकाल्यो ।

अर्जेन्टिना क्लाटरफाइनलमा पनि सफल भयो । अर्जेन्टिनाले क्वाटरफाइनलमा भेनेजुयलालाई २–० गोल अन्तरले जित्यो । अर्जेन्टिनाको यात्रा सेमिफाइनलमा सीमित भयो । सेमिफाइनलमा अर्जेन्टिना आयोजक ब्राजिलसँग २–० गोल अन्तरले पराजित भयो ।

२०१९ को कोपा अमेरिकामा पनि अर्जेन्टिना मेस्सीको भरमा नै देखिन्थ्यो । जसमा मेस्सीले पेनाल्टीमार्फत जम्मा एक गोल मात्र गरेका थिए । त्यसो त मेस्सीका लागि अन्तिम मौका भनेको जारी ‘कोपा अमेरिका’ र २०२२ को विश्वकप हो ।

यो दुबै प्रतियोगिता मेस्सीका लागि फुटबल करिअरको अन्तिम मौका हुनेछन् । तर, मेस्सी अफ्नो फुटबल करिअर सकिनुभन्दा पहिला देशका लागि ठूलो उपाधि जिताउन चाहन्छन् । जसका लागि मेस्सी अहिलेदेखि नै तयारी गरिरहेका छन् ।

अर्जेन्टिनाले सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा स्थान बनायो । मेस्सीका लागि यो तेस्रो फाइनल खेल हुनेछ । मेस्सीकै नेतृत्वमा बार्सिलोनाले २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको थियो ।

जसमा दुबै पटक अर्जेन्टिना चिलीसँग पराजित हुन पुगेको थियो । २०१६ को ‘कोपा अमेरिका’मा भने मेस्सी नै पेनाल्टीमा चुक्दा अर्जेन्टिना उप–विजेतामा सीमित हुन पुग्यो । मेस्सीका लागि यो अन्तिम सिजन हुनेछ । मेस्सीले अर्काे सिजनको कोपा अमेरिका पनि खेल्ने सम्भावना छ ।

तर, उनका लागि यही मौका सधैं आइराख्ने भने छैन् । मेस्सी अहिले उत्कृष्ट फममा छन् । अर्जेन्टिना पनि सोही फममा छ । तर, फाइनल खेल ब्राजिलसँग भएकाले मेस्सी ‘गर या मर’को अवस्थामा छन् ।

कोपा अमेरिकाको यो सिजन दुबै टोली अपराजित रहँदै फाइलनमा पुगेका छन् । बराबरी खेल खेलेका दुबै टोली हालसम्म अपराजित छन् । फाइनल खेल जुन सुकै टोलीले जितेपनि अपराजित रहँदै उपाधि जित्ने टोली बन्ने छ ।

मेस्सी विश्व फुटबलका सफल खेलाडी हुन् भन्ने कुरामा दुई मत छैन । तर, देशलाई कुनै पनि अन्तराष्ट्रिय उपाधि जिताउन नसक्दा उनको सफलतामाथि बेला–बेला प्रश्न उठ्ने गर्दछ । तर, यो उपाधी दिलाएको खण्डमा उनीमाथि लाग्दै आएको आरोपबाट उनी मुक्त हुनेछन् भने राष्ट्रिय उपाधी दिलाउने कप्तानका रुपमा उनको नाम अर्जेन्टिनाले सुनौला अक्षरले कुँद्ने छ । Source: baahrakhari.com

Leave a Reply