पर्वतको जलजला गाउँपालिका–६ शालिजा भोटेडाँडाका मृर्गौला पीडित कुलप्रसाद सापकोटा( शिब)को उपचारमा सहयोगको याचना गर्नुभएको छ । २३ बर्षिय मृर्गौला पीडित सापकोटाको उपचारमा आर्थिक अभाब भएपछि आफन्तले उपचारमा सहयोगको लागि अपिल गर्नुभएको हो ।

बेनी अस्पतालमा डाईलासिस उपचार सेवा लिँदै आउनुभएका सापकोटाको थप र नियमित उपचारमा आर्थिक अभाब भएको दाजु नारायण सापकोटाले बताउनुभयो । ‘सरकारले निशुल्क डायलिसिस हुन्छ, अन्य खर्च जुटाउनै समस्या भयो,‘औषधी र इन्जेक्सन किन्दा धेरै खर्च हुन्छ’ सापकोटाले भन्नुभयो ।यस अघि पत्थरीको कारण दुई पटक सम्म अप्रेशन गरि उपचार गराइसक्नुभएका सापकोटालाई मृर्गौलामा समेत समस्या देखिएपछि थप समस्या भएको छ ।

उपचारमा ठुलो खर्च लाग्ने भएपछि कृषि पेशाबाट जिविकोपार्जन गर्दै आएका सापकोटा परिवारमा समस्या देखिएको छ । साप्ताहिक रुपमा करिब ५ हजार खर्च हुने गरेकाले प्रत्यारोपण अगाडीसम्म आवश्यक पर्ने खर्चमा आफ्नो क्षमता अनुसार सहयोग गरिदिन समेत उहाँले अनुरोध गर्नुभयो ।

‘सबैको सहयोग पाए भाईले नयाँ जिवन पाउँछ, सानो सहयोगका लागि मैले सबैतिर अनुरोध गरेको छु’ सापकोटाले भन्नुभयो ।

सहयोग दाताहरुको लागि थप विवरण

(नाम : कुल प्रसाद सापकोटा खाता नंः 06405050276108 Nepal investment bank Ltd (NIBL) सम्पर्क : कुल प्रसाद सापकोटा : 9863490016 नारायण सापकोटा (दाजु): 9867768581

 

Leave a Reply