अर्जेन्टिना फुटबलको फाइनलमा पुग्दा किन सधै चर्चामा आउँछ फकल्यान्ड युद्ध ?

0

आइतबार विहान कोपा अमेरिका २०२१ को अर्जेन्टिना र ब्राजिल बिच फाइनलमा खेल हुदैछ । दक्षिण अमेरिकी फुटबल महासंघको आयोजनामा हुने खेलमा दुबै विश्वका चर्चित फुटबल टिमको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

विश्व फुटबलमा अर्जेन्टिनाबाट डिएगो म्याराडोना र ब्राजिलबाट पेलेले दुर्भल इतिहास कायम गरेका छन् । म्यारोडना र पेलको खेलबाटै धेरै फुटबल प्रेमीले दुबै देशको खेल मन पराउँछन् । तर, विश्वकप र कोपा अमेरिकामा अजेन्टिना फाइनलमा प्रवेश गर्दा ‘फकल्यान्ड युद्ध’ किन चर्चामा आउँछ?

अर्जेन्टिजाले सोही यूद्धका कारण नेपाल र नेपालीलाई घृणा समेत गर्छ भनेर चर्चा गर्ने गरिन्छ । खास ‘फकल्यान्ड युद्ध’ के हो । आउनुहोस् । हामीले कोपाको फाइनलको अघिल्लो दिन यो साम्रागी तपाईहरुको जानकारीका लागि पोष्ट गरेका छौ ।

फकल्यान्ड युद्धमा ब्रिटिसको तर्फबाट बार्सिलोनाका स्टार तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीकाे देश  अर्जेन्टिना विरुद्ध गोरखाहरूले लडाइँ गरेका थिए । यो त्यही युद्ध थियो, जहाँ गोरखाहरूकै कारण १४ जुन १९८२ कै मितिमा ब्रिटिससामु अर्जेन्टिना आत्मसमर्पण गर्न बाध्य भयो । यही घटनालाई कहिलेकाहीँ अर्जेन्टिनाले फकल्यान्ड युद्धकै कारण गोरखा र नेपाललाई घृणा गर्छ भन्ने मनसायले नेपाल तथा नेपाल बाहिर पनि बहसमा ल्याइने गरिएको छ ।

के हो फकल्यान्डको युद्ध ?

फकल्यान्ड टापु दुई ठुला (पूर्वी र पश्चिमी) टापुहरू र अन्य साना टापुहरू मिलेर बनेको दक्षिण एटलान्टिक महासागरमा रहेको टापु हो । सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच फकल्यान्ड टापुहरू र दक्षिणी जर्जियामाथि भएको विवादले भएको थियो ।

फकल्यान्ड सन् १८३३ देखि ब्रिटिस उपनिवेश थियो । अर्जेन्टिनाले भौगोलिक निकटताका कारण आफ्नो क्षेत्र दाबी गरिरहेको थियो । बेलायतले  चाहिँ अन्तर्राष्ट्रिय ‘सिफारिस कानुन’को आडमा आफूले लामो, खुल्ला, निरन्तर र शान्तिपूर्ण रुपमा १८३३ यताकै निरन्तरताका रूपमा टापु आफ्नो अधीनमा हुनुपर्ने दाबी गर्दथ्यो ।

फकल्यान्ड युद्ध १९८२ अप्रिल २ मा अर्जेन्टिनाले अचानक फकल्यान्ड टापुहरूमा धावा बोलेपछि सुरु भएको थियो । यसलाई अर्जेन्टिनाले आफ्नो भूमिमा पुनः आफ्नो उपस्थिति ठानेको थियो भने ब्रिटिसले चाहिँ आफ्नो नियन्त्रणमाथि रहेको भूमिमाथिको हमलाको रूपमा लिएको थियो । त्यस अघि ती टापुहरू बेलायतको उपनिवेश रहेका भए पनि उसले आफ्नो व्यवस्थित सैन्य स्थापना गरेको थिएन । यसको फाइदा लिँदै अप्रिल २ को सबेरै अर्जेन्टिनी बल टापुहरूको राजधानी स्ट्यान्ली बन्दरगाह प्रवेश गरेको थियो । त्यति बेला त्यहाँका ब्रिटिस गभर्नर रेक्स हन्टलाई आत्मसमर्पण गराएर अर्जेन्टिनी बलले राजधानी कब्जा गर्न धेरै समय लगाएन ।

अर्जेन्टिनाले फकल्यान्ड कब्जा गर्दा मुस्किलले ३ घण्टा सङ्घर्ष भएको थियो । यसको कारण के थियो भने त्यति बेला ७५ जना मात्र बेलायती शाही जलसेनाहरू टापु सुरक्षाको रूपमा तैनाथ थिए । त्यस क्रममा एक जना अर्जेन्टिनी अधिकृत मारिए, केही घाइते भए भने केही भवनहरू ध्वस्त भएका थिए । त्यसै दिन दक्षिणी जर्जिया सहित दक्षिण एटलान्टिक महासागरका टापुहरूमा अर्जेन्टिनाले एकैचोटि कब्जा गरेको थियो ।

अर्जेन्टिनाको यस्तो कदमले बेलायत नराम्ररी चिढियो । भोलिपल्टै बेलायतको तल्लो सदन हाउस अफ कमन्समा यस विषयमा तीव्र बहस भयो । प्रधानमन्त्री मार्गरेट थ्याचरले यसैबेला आफ्ना सैन्य बल दक्षिण एटलान्टिक महासागरतिर पठाइने घोषणा गरिन् । अन्तर्राष्ट्रिय शक्तिहरू पनि शक्तिशाली बेलायतकै पक्षमा लागे । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले टापुहरूमा अर्जेन्टिनाले गरेको कब्जाको भर्त्सना गर्दै आफ्ना सेनाहरू तुरुन्त फिर्ता पठाउन माग गर्‍यो । यता दुवै देशले युद्धको कुनै घोषणा नगरीकन त्यसका लागि सशक्त तयारी थाले ।

युद्ध धेरै लामो समय चलेन, तर जति चल्यो, निकै जोडदार चलेको थियो । त्यो यही युद्ध थियो, जसमा बेलायतले आफ्नो गोर्खाली सेनालाई उतारेको थियो । फकल्यान्ड युद्धमा ती गोर्खाली सेनाले के के गरे, थुप्रै युद्ध इतिहासका किताब लेखिएका छन् । त्यो युद्धमा वास्तवमै के भएको थियो, त्यसबारे बयान गर्न अझै धेरै गोर्खाली फौजका ती जवानहरू भेटिन्छन् । युद्ध जितेपछि बेलायती मिडियाले गोर्खाज फौजको खुबै बखान गरेको थियो । नायक जस्तै गरेर उनीहरूलाई प्रस्तुत गरिएको थियो । तर केही इतिहासकार के मान्छन् भने सायद ती गोर्खाली सैनिक अर्जेन्टिनीहरूप्रति केही बढी नै निर्दयी भएका थिए   ।

अर्जेन्टिनाले नेपाललाई  घृणा गर्छ ?

अर्जेन्टिनाले नेपाललाई घृणा गर्छ भनेर दृष्टिकोण फैल्याउनेहरूले अर्जेन्टिनालाई तीन वटा आरोप लगाउने गरेका छन् । पहिलो, अर्जेन्टिना एक मात्र देश हो, जसले नेपालीलाई प्रवेशाज्ञा दिँदैन । दोस्रो, फकल्यान्ड युद्धका कारण अर्जेन्टिनीहरूले नेपालको झन्डा जलाएका थिए । तेस्रो, उनीहरूको विद्यालयको पाठ्यक्रममा गोरखाहरू हाम्रा शत्रु हुन् भनेर लेखिएको छ ।

यी सत्य हुन् वा हल्ला ? राम्रो प्रश्नको राम्रो उत्तर दिने नारा रहेको क्युओरा डटकममा यही प्रश्नबारे स्वयम् अर्जेन्टिनीहरूले भने अनभिज्ञता रहेको र प्रसङ्गले आफूलाई आश्चर्य लागेको लेखेका छन् । त्यसमध्ये रोड्रिगो हेरान्जले गोरखाहरूलाई आफूहरूले घृणा गर्न नसक्ने लेखेका छन् । यसै गरी लुइस गोन्जालेजले भने अर्जेन्टिनी युवाहरू गोरखाहरूबारे अपरिचित रहेको भन्दै गोरखाहरू किन अरूका लागि लड्न गर्व गर्छन् भनेर चाहिँ आश्चर्य लागेको लेखेका छन् ।

रोड्रिगो हेरान्ज लेख्छन् ‘म अर्जेन्टिनाको हुँ र मेरो सहर फकल्यान्ड जसलाई यहाँ मालभिनास भनिन्छ । मैले गोरखाहरूको बारेमा कहिल्यै सुनेको थिइनँ । त्यस कारण उनीहरूका बारे मैले गुगलमा खोज्नुपर्‍यो । त्यसैले मैले के भन्न सक्छु भने मेरो देशका बहुसङ्ख्यक जनताले गोरखा को हुन् भनेर जानेका छैनन् । त्यसैले हामी उनीहरूलाई घृणा गर्न सक्दैनौँ ।

इलाइजर लेख्छन् ‘म अर्जेन्टिनाको हुँ, र म त  केही पनि जान्दिनँ  गोरखाहरू के हुन् ? खासमा मैले नेपाल पनि कहाँ पर्छ भनेर जाँच गरेँ । भारतको नजिक रहेछ । यसले के प्रस्ट पार्दछ भने अर्जेन्टिनाले नेपाललाई घृणा गर्छ भन्ने आरोपको आधार छैन । वास्तवमा यो हल्ला विश्वकप फुटबलको बेला नेपालमा ब्राजिल समर्थकहरूको भीडले बढी उच्चारण गरेकोले घनीभूत भएको हो ।’ यो हल्ला नेपालमा पछिल्लो विश्वकपमा नै किन बढी चर्चामा थियो भने अर्जेन्टिना र ब्राजिल फाइनलमा भिड्नेछन् भन्ने फुटबल पण्डितहरूको आँकलन थियो ।

नेपाल-अर्जेन्टिना सम्बन्ध

नेपाल र अर्जेन्टिनाबीच कूटनीतिक दौत्य सम्बन्ध १ जनवरी १९६२ मा नै स्थापित भएको हो । दुई देशको सम्बन्ध आपसी हित, समझदारी र मित्रतामा आधारित छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत आवासीय रुपमा दिल्लीमा रहन्छन् भने आवासीय रुपमा न्यूयोर्कमा रहने संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले अर्जेन्टिनाको राजदूतको काम गर्दछन् ।

नेपालका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट अर्जेन्टिनी राष्ट्रपति कार्लोस सउल मेनेमको शपथ समारोहमा सन् १९८९ मा अर्जेन्टिना भ्रमणमा पुगेका थिए ।  अर्जेन्टिनी सरकारले अहिले नेपालमा छाला प्रशोधनको प्राविधिक सहयोगलाई बढावा दिन चासो लिइरहेको छ । सन् २०१० मा एघार सय दुई जना र २०११ मा बाइस सय छब्बीस अर्जेन्टिनी पर्यटकहरू नेपाल आएको परराष्ट्र मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

मेस्सी नै नजन्मी भएको युद्धमा उनको सम्बन्ध के ?

अहिले रुसमा विश्कप जारी छ । अर्जेन्टिनालाई विश्वकप विजेताको एउटा दावेदारी टिम मानिएको थियो । तर दुई खेलमा अर्जेटिनाले राम्रोसँग खेल्न सकेन । पहिलो खेलकम नवप्रवेशी आइसल्याण्डसँग बराबरी खेलेको थियो । दोस्रो खेलमा क्रोएशियासँग लज्जास्पद रूपमा पराजित भयो ।

अब अर्जेन्टिनाको विश्वकप फुटबल यात्रा कठिन बनेको छ । सबैको नजरमा रहेका लियोनल मेस्सीबाट आस मारेका छन् । गत संस्करणको उपविजेता समेत रहेको अर्जेन्टिनाको यो हारसँगै नकआउट चरणको यात्रा थप कठिन बनेको छ ।

विश्वका महान फुलबलरहरुले मेस्सीको धेरै प्रशंसा पनि गरेका छन् । नेपालमा  पनि मेस्सीकै सबै भन्दा बढी समर्थक छ । मेस्सीले बार्सीलोना क्लबबाट धेरै लिग उपाधिहरू जिताएका छन् । तर आफ्नो देशको टिमबाट भने उपाधि दिलाउन सकेका छैनन् ।

मेस्सीलाई फुटबलका महान् खेलाडी मान्न तयार नहुनेहरू पनि छन्, विश्वकप जित्न नसकेको खोट देखाउँदै । सायद फेरि एकपल्ट मेसीलाई फकल्यान्ड युद्धले प्रेरित गर्ने हो कि ? जति बेला फकल्यान्ड युद्ध चलेको थियो, मेसी जन्मेका थिएनन् । न त उनले सन् १९८६ को विश्वकपमा म्याराडोनाले एक्लैले अर्जेन्टिनालाई विश्वकप दिलाएको हेर्न पाए ।

विश्वकप इतिहासमै म्याराडोनाको त्यस अद्वितीय खेललाई सर्वाधिक महत्त्वको क्षण मानिन्छ । म्याराडोनालाई पेलेसँगै पनि दाँज्ने प्रयास हुन्छ, को राम्रो फुटबल खेलाडी भनेर । पेलेको जमानामा उनको ब्राजिली टिम राम्रो हुने गथ्र्यो, म्याराडोनासँग मेक्सिकोमा औसत टिम थियो । तर यही टिममा टिकेर उनले विश्वकप जिते ।  त्यसैले पेलेभन्दा म्याराडोना फुटबलका राम्रा खेलाडी हुन भन्नेहरू पनि छन् । फकल्यान्ड युद्ध र म्याराडोना, अर्जेन्टिनी फुटबलका लागि सधैँ प्रेरणा हुने गर्छन् नै । मेसी र उनको अहिलेको अर्जेन्टिनी टिमलाई पनि ।

किन हो, नयाँ पुस्ताका नेपाली फुटबल पारखी पनि अर्जेन्टिनी टिममै भुले । धेरैभन्दा धेरै नेपालीले अर्जेन्टिनी फुटबलको प्रशंसक गरेको पाइन्छ । नेपालीले मात्रै होइन विश्वको महान खेलाडीले पनि मेस्सीको प्रशंसा गरेको पाइन्छ । एउटा तथ्य निश्चित छ, मेसी र उनका साथीहरूले साँच्चै यसपल्ट विश्वकप जित्न सक्यो भने त्यसले दिने खुसी जति अर्जेन्टिनामा हुनेछ, त्योभन्दा कम खुसी अर्जेन्टिनी फुटबललाई समर्थन गर्ने नेपालीलाई पनि हुने छैन ।

 

 

अर्जेन्टिनाले घृणा गर्छ भनेर दृष्टिकोण फैल्याउनेहरूले अर्जेन्टिनालाई तीन वटा आरोप लगाउने गरेका छन् । पहिलो, अर्जेन्टिना एक मात्र देश हो, जसले नेपालीलाई प्रवेशाज्ञा दिँदैन । दोस्रो, फकल्यान्ड युद्धका कारण अर्जेन्टिनीहरूले नेपालको झन्डा जलाएका थिए । तेस्रो, उनीहरूको विद्यालयको पाठ्यक्रममा गोरखाहरू हाम्रा शत्रु हुन् भनेर लेखिएको छ ।

यी सत्य हुन् वा हल्ला ? राम्रो प्रश्नको राम्रो उत्तर दिने नारा रहेको क्युओरा डटकममा यही प्रश्नबारे स्वयम् अर्जेन्टिनीहरूले भने अनभिज्ञता रहेको र प्रसङ्गले आफूलाई आश्चर्य लागेको लेखेका छन् । त्यसमध्ये रोड्रिगो हेरान्जले गोरखाहरूलाई आफूहरूले घृणा गर्न नसक्ने लेखेका छन् । यसै गरी लुइस गोन्जालेजले भने अर्जेन्टिनी युवाहरू गोरखाहरूबारे अपरिचित रहेको भन्दै गोरखाहरू किन अरुका लागि लड्न गर्व गर्छन् भनेर चाहिँ आश्चर्य लागेको लेखेका छन् ।

फकल्यान्ड युद्धका अर्जेन्टिनी योद्धाको कुरा लेख्दै उनले शत्रुको रुपमा लडाइँ मैदानमा डरलाग्दा ‘जापानी’ (गोरखाहरूको अनुहार जापानीहरूसँग मिल्ने भएकोलेहरू देखेको बताएको उल्लेख गरेका छन् ।  यसै गरी याहु उत्तरमा लेख्दै अर्का अर्जेन्टिनी इलाइजरले गोरखाहरूबारे आफूलाई थाहा नभएको र उनीहरूलाई घृणा नगर्ने लेखेका छन् ।

रोड्रिगो हेरान्ज, उसुइया, अर्जेन्टिना
म अर्जेन्टिनाको हुँ र मेरो शहर फकल्यान्ड(जसलाई यहाँ मालभिनास भनिन्छ)बाट पाँच सय मिटर टाढा छ । मैले गोरखाहरूको बारेमा कहिल्यै सुनेको थिइनँ । त्यसकारण उनीहरूका बारे मैले गुगलमा खोज्नुपर्यो ।  त्यसैले मैले के भन्न सक्छु भने मेरो देशका बहुसङ्ख्यक जनताले गोरखा को हुन् भनेर जानेका छैनन् । त्यसैले हामी उनीहरूलाई घृणा गर्न सक्दैनौँ ।

लुइस एम गोन्जालेज

म अर्जेन्टिनी हुँ, र म के भन्न आँट गर्दैछु भने देशका धेरै जनता त्यसमा पनि फकल्यान्ड युद्धपछि जन्मिएकाहरू गोरखाहरू को हुन् ? कहाँबाट आएका हुन् भन्ने चाल पाउँदैनन् । म सम्झन्छु, एक अर्जेन्टिनी सिपाही जसलाई ब्रिटिस कमाण्डोले ‘ज्यान सजाय’ दिएका थिए, तर जादुयी तरिकाले बाँचेका थिए, उनले भने अनुसार दोहोरो भिडन्त हुँदा चारैतिर हिंस्रक ‘जापानी’हरू देखेका थिए ।  रानीको लागि लड्ने बहादुर नेपाली लडाकुहरू धेरै अनौठा छन्, र तिनिहरूलाई बुझ्न गाह्रो छ । मैले बुझ्न नसकेको के हो भने अन्तर्राष्ट्रिय नियम अनुसार उनीहरू लड्न किन गर्व गरिरहेका छन् ? म के बुझ्छु भने उनीहरू आफ्नो लडाइँ कौशलका लागि चाहिँ गर्व गर्छन् ।
गोरखा भन्ने शब्द कसैलाई असावधान तरिकाले आक्रमण गर्नेलाई यहाँ जनाइन्छ ।

इलाइजर

म अर्जेन्टिनाको हुँ, र म त के पनि जान्दिनँ भने गोरखाहरू के हुन् ? खासमा मैले नेपाल पनि कहाँ पर्छ भनेर जाँच गरेँ । भारतको नजिक रहेछ ।  यसले के प्रष्ट पार्दछ भने अर्जेन्टिनाले नेपाललाई घृणा गर्छ भन्ने आरोपको आधार छैन । वास्तवमा यो हल्ला नेपालमा विश्वकप फुटबलमा ब्राजिल समर्थकहरूको भीडले बढी उच्चारण गरेकोले घनीभूत भएको हो । यो हल्ला नेपालमा पछिल्लो विश्वकपमा नै किन बढी चर्चामा थियो भने अर्जेन्टिना र ब्राजिल फाइनलमा भिड्नेछन् भन्ने फुटबल पण्डितहरूको आँकलन थियो ।

सुमधुर छ नेपाल—अर्जेन्टिना सम्बन्ध


नेपाल र अर्जेन्टिनाबीच कूटनीतिक दौत्य सम्बन्ध १ जनवरी १९६२ मा नै स्थापित भएको हो । दुई देशको सम्बन्ध आपसी हित, समझदारी र मित्रतामा आधारित छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत आवासीय रुपमा दिल्लीमा रहन्छन् भने आवासीय रुपमा न्यूयोर्कमा रहने संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले अर्जेन्टिनाको राजदूतको काम गर्दछन् ।

नेपालका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट अर्जेन्टिनी राष्ट्रपति कार्लोस सउल मेनेमको शपथ समारोहमा सन् १९८९ मा अर्जेन्टिना भ्रमणमा पुगेका थिए । संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संगठनहरू र अन्तराष्ट्रिय सभासम्मलेनहरूमा दुई देशले धेरै मात्रामा साझा मुद्दा उठाउने गरेका छन् । अर्जेन्टिनी सरकारले अहिले नेपालमा छाला प्रशोधनको प्राविधिक सहयोगलाई बढावा दिन चासो लिइरहेको छ ।
सन् २०१० मा एघार सय दुई जना र २०११ मा बाइस सय छब्बीस अर्जेन्टिनी पर्यटकहरू नेपाल आएको परराष्ट्र मन्त्रालयको वेभसाइटमा उल्लेख छ । एजेन्सीहरुको सहयोगमा 

Leave a Reply