नेपाल जेसीज २०२१ को राष्ट्रिय उपाध्यक्षमा सुजन बरुवाललाई अर्धबार्षिक कार्यको मुल्यांकन गरी नेशनल अफिसर्स अवार्ड प्रदान गरिएको छ ।

कर्णाली सुदुरपश्चिम क्षेत्रका शाखाहरुको निरुपुत उपाध्यक्षको रुपमा कार्यरत बरुवालको निरुपित शाखासंग राम्रो समन्वय,रिपोर्टिङ नेपाल जेसिजका राष्ट्रिय कार्यक्रम ब्यवस्थापनमा सक्रियको मुल्याङ्न गरी उक्त अवार्डले सम्मान गरिएको हो ।

उपाध्यक्षमा बिजयभएसँगै बरुवालले विभिन्न कार्यक्रममार्फत शाखाहरूमा पुग्ने गरेका छन् । २०१४ मा म्याग्दी जेसिज प्रवेश गरेका बरुवाल २०२० मा शाखा अध्यक्ष को जिमेवारी सम्हालेका बरुवालले ७१८ मत सहित निर्बाचित १२ जना उपाध्यक्षहरूमध्ये ८ औ उत्कृष्ट मत ल्याउन सफल भएका थिए ।

त्यस्तै म्याग्दी जेसिज पुर्ब अध्यक्ष एवम नेपाल जेसिज राष्ट्रिय युवा कार्यक्रम संयोजक खम थापा मगर नेपाल जेसिजबाट Outstanding National Appointee Award बाट सम्मान गरिएको छ ।अवार्ड सँगै बरुवाल र थापाले आफ्नो जिम्मेबारी बढेको बताएका छन् ।

Leave a Reply