म्याग्दीमा कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा ज्येष्ठ नागरिकलाई लगाइने भएको छ । भोली आइतबार र सोमबार गरी दुई दिनसम्म म्याग्दीका सबै स्थानीय तहको स्वास्थ्य चौकी र बेनी अस्पतालमा लगाइने स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

गएको जेठ २८ गते ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको थियो । खोप बिहान १० देखि अपरान्ह ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिने छ ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कागज अनिवार्य देखाउनुपर्ने छ । ज्येष्ठ नागरिकले लगाइसकेपछि बाँकी भएमा अर्को सूचनामार्फत त्यसअघि भेरोसेलको पहिलो मात्रा लगाएर छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइने छ । कोरोनाको दोस्रो लहरमा खोप लगाएकाहरुमा संक्रमण देखिएपनि जटिल समस्या कम देखिएको थियो भने खोप नलगाएकालाई लक्षण देखिएको थियो ।

Leave a Reply