गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बहराईनको २०२१-२३ कार्यकाल आइसीसी सदस्यमा म्याग्दीमा दिनेश बस्नेत निर्विरोध निर्वाचित हुनुभएको छ। बेनी नगरपालिका–९, काउलेगौडा घर भई १२ बर्ष देखि बहराईनमा कार्यरत बस्नेत मोना बहराईनको महासचिव समेत हुनुहुन्छ ।

निर्विरोध निर्वाचित भएपछि बस्नेतले आफ्नो क्षमताले भ्याएसम्म संस्थागत हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘निर्विरोध निर्वाचित हुनु मेरो लागि थप जिम्मेबारी र सबैको साथ पनि हो,‘एनआरएनएको अभियानमा सक्ने सहयोग गर्छु’ बस्नतेले भन्नुभयो । बस्नतले आर्थिक अभाव कारण उपचारमा बन्चित भएकाहरुलाई सहयोग जुटाउने देखि विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने गर्नुभएको छ ।

विज्ञापन