रोजगारीका लागि साउदी अरब गएका एक म्याग्देली भेडा जोगाउँदा २० बर्षदेखि मृत्युदण्डको सजाय भोगीरहेका एक म्याग्देलीको जिल्लामा आफन्तको पहिचान हुन सकेको छैन् ।

साउदीमा रहेका म्याग्देली सहित नेपाली दुतावासको आफन्तसँग सम्पर्क नहुदाँ कानुनी प्रक्रिया सहित थप जानकारी लिन समस्या भएको छ ।

म्याग्दी घर भएका सन्तबहादुर पुन २४ वर्षअघि साउदी अरबको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा काम गर्न गएको अवस्थामा भेडा चोर्न आएका एक जनाको हत्याको अभियोगमा जेलमा छन् ।

साउदी अरबको कुरैयात जेलमा रहेका म्याग्दीका सन्तबहादुर पुनमाथि २० वर्षअघि मृत्युदण्डको सजाय सुनाइएपनि आवश्यक ब्लड मनिको अभावमा जेल जिवन विताइरहेको त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ ।

चार वर्षपछि बिदामा घर आएर पुनः कार्यक्षेत्रमा फर्किएका पुनले झन्डै दुई सय भेडा चराउने काम पाएको अवस्थामा एक ओदह अइद हमोउद अल सरारी नाम गरेको एउटा साउदीले भेडा चोर्ने क्रममा आक्रमणको प्रतिकार गर्दा चक्कुले लागेर मृत्यु भएपछि घाईते अवस्थामा प्रहरीले उद्धार गरेको पुनलाई कुरैयात अदालतले २०५८ जेठमा मृत्युदण्डको सजाय दिने फैसला सुनाएको थियो ।

फैसलासँगै जेलभित्र रहेका पुनको घर फिर्तीको पहल गर्न समेत याचना गरेपनि जिल्लामा आफन्तको पहिचान गर्न समस्या भएको छ ।  घर फिर्तीमा पीडित पक्षको क्षर्तीपूर्ती वा सहमित आवश्यक पर्ने भएपनि पटकपटक दुतावासबाट गरिएको प्रयास सफल नभएपछि जेलमै रहेको त्यहाँ दूतावासले जनाएको छ । सन्तबहादुरको मृत्युदण्डको सजायको सम्भावना कम रहेपनि घरफिर्तीमा ठूलै प्रयास आवश्यक रहेको बताइन्छ ।

सन्तबहादुरलाई मृतकका माइलो छोरा इस्लामिक स्कुल (मदरसा) का शिक्षक फाहदले जेलमै भेटेर माफी दिने वचन दिएका छन् भनेजेठो छोरा पनि माफी दिन तयार थिए । तर, कान्छो छोरा र मृतकका भाइहरू खुनका बदला खुन नै हुनुपर्ने भन्दै माफीको विपक्षमा उभिएपछि समस्या भएको बताइएको छ।

अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीश तीनैजना सन्तबहादुरलाई माफी दिन राजी भएपनि मृत्युदण्ड वा माफी दिनेसम्बन्धी विषय कानुनबमोजिम पीडित व्यक्ति तथा निजको परिवारको निजी अधिकार क्षेत्रभित्रको पर्ने हुँदा उच्च सरकारी निकायका अधिकारीहरूको प्रयास सफल भएको छैन।उनी जेलभित्र सबैभन्दा इमान्दार मानिन्छन् ।

सानोमै छाडेर हिँडेकाले छोराहरूलाई सन्तबहादुरको अनुहारको खास याद छैन । उनका शिव, खड्ग र मीनबहादुर गरी तीन छोरा छन्  । शिव शारीरिक रूपमा अशक्त छन् ।

यता साउदीमा रहेका म्याग्देलीले समेत घर फिर्ती सहितको अभियानमा सघाउने प्रतिबद्धता जनाएपनि समस्या भइरहेको बताएका छन् । मोना अन्तराष्ट्रियका महासचिव बिक्रम कार्कीले हालसम्म पीडितका बारेमा संस्थामा जानकारी नआएको बताए । उनले यसअगाडी दिच्यामका टिकाराम निउरेलाई उद्धार गरिएकाले आवश्यकता परेमा मोना आइसी तयार रहेको बताइएको छ ।

विज्ञापन