सर्वोच्चको फैसलाविरूद्ध नेकपा एमाले म्याग्दीले निकट युवा संघ नेपाल र अनेरास्ववियुले सर्वोच्च अदालतको फैसलाविरुद्ध सोमबार साझँ बेनीमा विरोध प्रर्दशन गरेको छ । प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध आयोजित कार्यक्रममा यूवा संघ गण्डकी प्रदेश संयोजक सन्तोष रावलले सर्वोच्चको फैसला बिरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।

‘फैसला जनभावना विपरित छ,‘हामीले आन्दोलनबाटै सर्वोच्चको फैसलालाई असफल बनाउँछौ’ रावलले भने । उनले प्रधानन्यायाधीश प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराले न्यायलयलाई विपक्षीको संस्था बनाउने प्रयास गरेको बताउँदै नेकपा एमालेले व्हीप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्न पाउँदैन भनी आदेश दिएर पार्टी माथी नै प्रहार गरेको बताए ।

विरोधसभामा अनेरास्ववियु म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले सर्वोच्च अदालत बिरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मतियार बनेको भन्दै अव शक्ती प्रर्दशन सहितको आन्दोलनमा होमिने बताए। विरोधसभामा प्रधानन्यायाधिश जबराविरुद्ध नाराबाजी गर्दै पुतला समेत दहन समेत गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दै जबराको पुत्ला जलाएको पुत्ला प्रहरीले हस्तक्षेप गरेको थियो। सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि नेकपा एमालेले देशभरी आन्दोलन सुरु गरेको छ।

Leave a Reply