दुवै मृगौला फेल भएर उपचारर्थ मंगला गाउँपालिका-१ कुहुँ खानीगाउँका ३८ बर्षिय पेशबहादुर राम्जालीको उपचारमा कुहुँ सरोफेरो यूके समाजले झण्डै दुई लाख आर्थिक सहयोग गरेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेको अवस्थामा नियमित उपचार गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गरेका राम्जालीलाई समाजका अध्यक्ष लिलामान शेरपुञ्जा, भुपु अध्यक्ष क्या. दुर्गा राम्जालीको अगुवाईमा १ लाख ३७ हजार ७ सय र ग्लोवल संयोजक दिल गौचनले ५१ हजार६४० रुपैयाँ सहयोग गरेका छन् । समाजसेवी गौचनले थप आर्थिक सहयोग अभियानको अगुवाई समेत गरेका थिए ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि स्थानीय लाल यूवा क्लव पूर्णगाउँ सहित स्वदेश तथकुुहुँ, पूर्णगाउँ, तुसारेपानीबासीको पहलमा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । अभियानमार्फत करिब १५ लाख यसअगाडी नै हस्तान्तरण गरिएको छ ।

आर्थिक सहयोग लाल यूवा क्लवका उपाध्यक्ष आचार्य र पीडित पेशबहादुरको नाममा गरिमा विकास बैंकमा संयुक्त हस्ताक्षर हुने गरी जम्मा समेत गरिएको छ । उक्त सहयोगमा थपेर प्रत्यारोपण अगाडी डायलासिस सेवामा आवश्यक पर्ने औषधी, इन्जेक्सन लगायतमा समेत खर्च गरिने छ । पीडित राम्जालीको आर्थिक अवस्था निकै नाजुक रहेकाले थप सहयोगको समेत अपिल गरिएको छ । File photo

Leave a Reply