म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) थप खुकुलो बनाएर अनिश्चितकालिका लागि लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले जिल्लाभित्र सार्वजनिक यतायातका साधनमा पूर्व जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्ने उल्लेख छ। यसअगाडी सार्वजनिक सवारीसाधन बन्द गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले तोकिएको बाहेकका सेवा सञ्चालन कडाई गरिने बताएको बैठकमा सहभागी एक सदस्यले बताए । अनिश्चितकालिका लागी भनिएको लकडाउनमा विद्यालयमा भौतिक रुपमा पठनपाठन नगराउने, धार्मिक क्षेत्र सहित केही क्षेत्रलाई अझै सञ्चालनमा रोक लगाइएको छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारीमा तोकिएको सिटमा मात्रै यात्रु बोक्न पाइने छ ।  मानिसहरुको बढी भीडभाड हुने सभा सम्मेलन तथा गोष्ठी आयोजना गर्न पाइने छैन भने पार्टी प्यालेस, रेष्टुरेन्ट, जिमखाना, खेलकुद स्थल, शैक्षिक संस्था बन्द नै रहनेछन् ।त्यस्तै ५ जना संक्रिय संक्रमति रहेको वडालाई गाउँ आसपासका क्षेत्रबाट आवतजावत रोकेर सिल गरिने छ ।

यसैगरी जिल्ला स्थित सरकारी कार्यालयले साप्ताहिक रुपमा आलोपालो प्रणालीलाई समेत हटाएको छ । लकडाउन खुकुलो बनाउने निर्णय गरिएपनि होटल, तातोपानी कुण्ड, एकै कोठामा बसेर सेवा दिने संघसंस्था लगायतका केहि सेवामुलक व्यवसायलाई तत्काल सञ्चालन गर्न नदिने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गत बैशाख २३ गतेदेखि जिल्लामा लकडाउन गरेको थियो ।

Leave a Reply