नेपाल दूरसंचार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको छ । हाललाई प्राधिकरणले विदेशबाट ल्याईने अवैध मोबाइललाई संचालनमा रोक लगाउने गरी यो प्रणाली लागू गरेको जनाएको छ ।२०७६ सालको जेठ महिनाबाट नै लागू गर्नेगरी मलेसियाको कम्पनीलाई १ अर्ब लगानीमा यो कार्य गर्नका लागि जिम्मेवारी दिएको थियो । प्राधिकरणकै ढिलासुस्तिको कारण पछि धकिदै आएपनि अब भने यो प्रणाली लागू भएको छ ।

यो प्रणालीमा नयाँ खरिद गरेर ल्याईएका वा ल्याईने फोन प्राधिकरणमा दर्ताबिना संचालन हुनसक्ने छैनन् भने चलाईरहेकालाई भने समस्या नहुने भएको छ । यस प्रणालीले कर छलि गरेर ल्याएका, नक्कल गरेका तथा चोरिका फोनहरुलाई सेवा संचालनमा रोक लगाउने भएको छ ।

प्राधिकरणको यस प्रणालीले दर्ता भएका वैध मोबाइललाई सेतोको सूचीमा राख्नेछ भने अवैधलाई कालो सूचीमा राख्नेछ । स्वदेशमा चलाईएका मोबाइल तथा विदेशबाट ल्याईएका मोबाइलको प्रणालीले लेखाजोखा गर्छ र दर्ता भएकाहरुलाई चल्ने एक्सेस दिन्छ । दर्ता नभएका अवैधलाई कालोसूचीमा राख्ने र सेवा संचलन गर्न नमिल्ने बनाउँछ । साथै आयात गरिने प्रमुख केन्द्र भन्सार भएकोले भन्सार विभागसम्म यसको लिंक रहेको प्राधिकरणले जनाएकाे छ ।

Leave a Reply