गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय युवा उपसंयोजकमा उम्मेद्वारी दिएका बद्री कुमार वरूवालाई म्याग्देलीले साथ दिएका छन् । अस्ट्रेलियामा शिक्षा तथा सामाजिक र नेपाली बिचको सहकार्य हुने विभिन्न कार्यक्रममा आफ्नो फरक पहिचान बनाउन सफल बरुवालले यूवालाई रचनात्मक अभियानमा सहभागि सँगै नेतृत्वको अवसर समेत दिनुपर्ने भन्दै उम्मेदवारी दिएका हुन् ।

बरुवाललाई अस्ट्रेलियामा रहेका म्याग्देलीले समेत पूर्ण साथ दिएपछि अभियान प्रभावकारी भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घार स्थायी घर भई अस्ट्रेलियामा रहेका बरुवालले आफ्नो उम्मेदवारी घोषणा गदैं सहयोगका लागि अपिल समेत गरेका छन् ।

‘बेला हो परिवर्तनको,डायसपरा हाक्ने पालो अब युवा पिडिको, विशुद्ध समाजसेवा र एकताबद्ध युवाको लागी मेरो उम्मेदवारको’ नारा तय गरी चुनावी मैदानमा होमिएका बरुवाल सन् २००९ देखि स्टुडेन्ट हुँदै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न सामाजिक काममा संलग्न छन् । अस्ट्रेलियाभरी छरिएका म्याग्देलीले सक्ने सहयोगको प्रतिबद्धताले उत्साहित भएको बताए ।

मात्रृभूमि सेवा समाजका अध्यक्ष, रेखा मोमोरिय ट्रष्टका अध्यक्ष तथा शैक्षिक परामर्श केन्द्र स्टुडेन्ट भाइब्सका सञ्चालक रहेका बरुवालले अस्ट्रेलियामा पुष्कर ट्रस्ट गाला डिनरको नेतृत्व गरी नेपालका महान साइकल यात्री पुष्कर शाहलाई ४ लाख ९५ हजार सहयोग जुटाएका थिए । उनले म्याग्दीमा हरेक बर्ष सहयोग गर्ने गरेका छन् । केही महिना अगाडी उच्च शिक्षाबाट बन्चित भएकी म्याग्दीकी एक विद्यार्थीलाई कक्षा ११ र १२ सम्म पढ्न ५० हजार नगद तथा विभिन्न समयमा आर्थिक अभावका कारण समस्यामा सहयोग गर्ने गरेका छन् ।

तीन महिनाअगाडि बृहत ऐतिहासिक ‘म पनि बोल्छु’ भन्ने वक्तृत्व कला प्रतियोगिता समेत आयोजना गरी यूवापुस्तामा आफ्नो पहिचान बनाउन सफल भएका बरुवालले अस्ट्रेलियामा नेपालीहरुमाझ पुग्न एनआरएनए अभियानमा जोडिएको बताए । उनले एनआरएनएमा युवा विद्यार्थी र महिला सशक्तिकरणका अभियान साथै यहाँ हुर्कदै गरेको दोस्रो पुस्तालाई समेट्दै कार्ययोजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यही जुलाई ३१ तारिख शनिवार नेतृत्वका लागि मतदान हुँदैछ।

विज्ञापन