सुवास आचार्य\ पर्वतको जलजलागाँउपालिका-७ धाइरिङको सल्यान गाउँका किसानहरुले काक्रोको विउ उत्पादन गरेर मनग्ये आम्दानी गरेर आत्मनिर्भर भएका छन् । धाईरिङको सल्यान गाँउका स्थानियले परम्परागत रुपमा विउ उत्पादन गरेर बार्षीक ३ करोड रकम गाँउ भित्राउने गरेका छन् ।

अधिकांश घरपरिवार व्यवसायिक ताजा तरकारी र बिउ उत्पादनमा सक्रिय छन् । यहाँबाट भक्तपुर लोक्कल काक्रो र गोलभेडाको विउ उत्पादन गर्ने गरिएको छ । विगत १५ वर्ष देखि यहाँका किसानले व्यवसायिक रुपमा बिउ उत्पादनमा गर्दै आएको भएपनि राज्यको तर्फवाट सहयोग नहुँदा उनिहरुले परम्परागत तवरले विउ उत्पादन गरेको कारण उचित बजार पाउँन नसकिएको एकनारायण पौडेलले बताए ।

मेसिन तथा औजार विनै पनि उनिहरुले बिउ उत्पादन गरेर वर्सेनि २ देखी ३ करोड रुपिया ँगाउँमा भित्रिन्छ । यहा ँउत्पादन गरेको भक्तपुर लोक्कल काक्रोको बिउ नेपाल भर प्रख्यात छ । यहाँका करिब ८३ घर परिवारले ३ वटा समुहमाआवद्धभई व्यवसायिक रुपमा बिउ उत्पादन गर्ने गरेको वताउछन् । उत्पादन गरेको बिउको बजारिकणमा राज्यले आवश्यक सहयोग र सहजिकरण गरिदिन माग गरेका छन् ।

व्यवसायीक तरकारी र बिउ उत्पादन गर्ने कृर्षक हरुलाई वडाले मल, बिउ,साना कृषिऔजार सहयोग गर्दे आएकोले आगामी दिनमा कृषि पेशालाई व्यवसायिक बनाएर लैजाने तयारी थालेको छ । यस वर्ष देखी गाउँपालिकाले बिउ पकेट क्षेत्र घोषण गरेको वडाअध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो ।

खाद्यान्न बालील गाउँदै आएका किसालने तरकारी खेती सुरु गरेर फष्टाउँदै गएपछि तरकारी खेतीबाट आत्मनिर्भर भएका छन् । उर्वर भूमि र प्रार्यप्तसिँचाई सुविधा भएकाले सल्यानको फाँटमा बिउको साथै तरकारी खेती समेत राम्रो हुने गरेको छ । फाँटमा जग्गा नभएकाले भाडामा लिएर पनि तरकारी खेती गरेका छन् । यहाँका हरेक किसानले न्युनतम १ लाख देखि १० लाख रुपैयाँ सम्म बार्षिक आम्दानी गर्छन् ।

विज्ञापन