मुटुको समस्या भएपछि भरतपुर अस्पतालमा उपचारर्थ म्याग्दीको मालिका गाउँपालिका-२ रुम बेलीकी जुना गोतामेको उपचारमा आर्थिक अभाव भएको छ । मुटुको भल्व फेर्न सहित अस्पतालमा आवश्यक पर्ने औषधी लगायतको स्वास्थ्य सेवामा खर्च हुने आर्थिक जुटाउन नसकेपछि उपचारमा समस्या भएको हो।

मुटुमा जटिल समस्या देखिएपछि अस्पतालमा भर्ना भएकी गोतामेका श्रीमान मोतिलाल गोतामेले शल्यक्रिया सहितको उपचारमा लागि अस्पतालमा लाग्ने खर्च र नियमित औषधी सेवामा आर्थिक समस्या भएको बताए । ‘उपचारमा खर्च धेरै आउने देखिएको छ,‘साथीहरुलाई सहयोगको याचना गरेको छु’उनले भने । चिकित्सकले आवश्यक औषधी सहित लाग्ने खर्चको तयारी गर्न भनेपछि समस्यामा परेको बताए ।

अस्पतालको आईसियुमा राखेर नियमित उपचार गर्नुपर्ने उनले बताए । कोरोनाको कारण लकडाउन भएपछि रोजगारी समेत गुमेको अवस्थामा श्रीमतिको उपचारमा बाध्य भएर सहयोग माग्न परेको बताए। कृषि पेशामा आश्रित हुदै आएका गोतामेले उपचारमा करिब २ लाख ऋण लागेको बताएका छन् । पीडित गोतामेकी ३ छोराछोरी छन् । काठमाण्डौको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको भल्बको सम्पूर्ण शल्यक्रिया निशुल्क हुने भएपनि औषधी सहित अन्य सुविधाहरुमा भने त्यहाँ समेत खर्च हुने गरेको छ ।

बिरामीको श्रीमान: मोतिलाल गोतामे ९८६४३७१४८२

Leave a Reply