नेकपा एमाले ओली समूहले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिनेहरु एमालेमा रहन नसक्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, “संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा उहाँहरु एमालेमा रहनुहुन्न । माधव नेपाल पार्टी एकताको पक्षमा देखिनुभएन । निर्णयको अवज्ञा भए पार्टीले कडा निर्णय गर्नेछ । माधव नेपाल बेग्लै कोर्षमा हिँड्न चाहनुभएको देखियो ।”शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको मत व्यक्तिगत मत हो । आज विश्वासको मतको पक्षमा  मतदान गर्ने नेताहरु एमाले नरहने बताए ।  उनले हतार हतार विश्वासको मत लिन लाग्नु एमाले फुटाउने षडयन्त्र भएको पनि आरोप लगाए ।

Leave a Reply