नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालसँग छलफल गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।नेता नेपाललाई भेट्न सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएका थिए । कोटेश्वरबाट फर्किएपछि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।प्रचण्ड र नेता नेपालबीच समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको बताइएको छ । नेपाल निवासबाट प्रचण्ड बाहिएलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादव नेता नेपाललाई भेट्न पुगेका थिए ।

स्रतोको अनुसार नेपल पक्षलाई पनि सरकारमा सहभागि गराउन कसरत भइरहेको छ । सरकारका सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा हिजो छलफल गर्ने भनिएपनि नभ्यापछि आज टुङ्गो लगाउने तयारी गठबन्धनका दलहरुले गरेका छन् ।

विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवा मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री यसअघि नै नियुक्त गरिसकेका छन् ।

विज्ञापन