म्याग्दी सदरमुकाम बेनीदेखि पश्चिम दरबाङ जाने सडक कालोपत्रे गर्न ठेक्का लिएर समयमा काम नसक्दा पहिरोले घर खेतमा क्षति पुर्‍याएको भन्दै स्थानीयले ठेकेदारको फोटो झुण्ड्याएर विरोध गरेका छन् । दोलखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित कांग्रेस सांसद जिपछिरिङ लामा सञ्चालक रहेको लामा कन्स्ट्रक्सन र अच्युत खरेल सञ्चालक रहेको समानन्तर कन्स्ट्रक्सनको लामा–समानन्तर जेभीले समयमा काम नगर्दा काम अलपत्र परेको हो।                            लामा समानन्तरले सडक विस्तार गर्न डोजरले भित्ता काटेर अलपत्र छोडेपछि गत वर्ष र यस वर्षको मनसुनजन्य वर्षापछि पहिरोले माथिल्लो क्षेत्रका कम्तीमा १५ घर विस्थापित भएका र सयौं रोपनी धानखेत बगेपछि स्थानीयले कालो पोतिएको ब्यानरमा निर्माण व्यवसायीको फोटो राखेर सडकको विभिन्न खण्डमा झुण्ड्याएका छन्। ब्यानर कसले झुण्डाएको हो भन्ने कतै खुलाइएको छैन।                                                              जिल्लाका पश्चिम मंगला, मालिका र धौलागिरी तथा बाग्लुङको ताराखोला, बुर्तिवाङ जोड्ने बेनी–दरवाङ सडकको पहिलो १२.५ किलोमिटर सडकलाई ११ मिटर चौडा बनाइ ७ मिटरमा कालोपत्रे गर्न ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का लिएका सांसद लामा र खरेलको लामा समानन्तर जेभीले ४ वर्षमा पनि काम नगरी अलपत्र छोडेको हो।‘यो सडक आयोजना र निर्माण व्यवसायीबाट सयौं स्थानीयवासी पीडित छन्। नियामक निकायमा दर्जनपटक गुहारे पनि कसैले केही गर्न सकेन। आजित भएका स्थानीयले कहिले सडकमा यातायातलाई अवरोध गर्छन्।                      बेनी–दरबाङ सडक ११ मिटर चौडा बनाइ नाली बाहेक ७ मिटर चौडा कालोपत्रे गर्ने गरी ०७४ असोज ४ गते सम्झौता गरेको थियो। साबिक सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको योजना ०७५ पुसमा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण भएको हो। जिल्लाका सडकको नियमन र सुपरिवेक्षण गर्ने काम पूर्वाधार विकास कार्यालयले गर्दै आएको छ। Source kantipurdaily

Leave a Reply