म्याग्दी – हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड  फेरि सञ्चालनमा आएको छ । पहिरो खसेर १३ दिनदेखि बन्द सडक मर्मतपछि पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।   सडकभन्दा माथिबाट खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट, अन्नपूर्ण ३ दानाको रुप्से छहरा र काभ्रे भिरमा पहिरो खसेर सडक बन्द भएको थियो । राहुघाट क्षेत्रमा बन्द सडक खुलाउन डोजर प्रयोग गरिएको हो ।          ७६ किलोमिटरको बेनी–जोमसोम सडक खण्ड अन्तर्गत बेनी–गलेश्वर खण्डको जलेश्वर, रघुगंगा १ बेगखोला, रघुगंगा ३ राहुघाट, अन्नपूर्ण २ भूरुङ तातोपानीको नैनीबगर, अन्नपूर्ण ३ दानाको रुप्सेखोला र काभ्रे भिरमा वर्षाले पटक–पटक सडक बन्द हुँदै आएको छ ।                                      यसैगरी पश्चिम म्याग्दी हुँदै ढोरपाटन–जलजला भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि फेरि सञ्चालनमा आएको छ ।

Leave a Reply