नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा मन्त्रीको नाम टुंगो लगाएको छ । विहीबार नेपाली कांग्रेससँग मन्त्रालय भागबण्डामा सहमति भएपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री चयन गरेको हो ।

माओवादी केन्द्रले वन तथा वातावरणमा दीपक चर्तीमगर, कृषिमा चन्द्रबहादुर बुढा र अर्थ मन्त्रालयमा रामजी बरालको नाम टुंगो लगाएको जानकारी गराइएको छ । चन्द्रबहादुर बागलुङ, दीपक चर्तीमगर स्याङ्जा र बराल कास्कीका हुन् ।

माओवादी केन्द्रले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबण्डा गरिएको छ । यस अगाडि नै माओवादी केन्द्रबाट मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् ।

Leave a Reply