पछिल्ला दुई आर्थिक वर्षमा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश लिने निजामती कर्मचारीको संख्या घटेको छ।निजामती किताबखानाका अनुसार चालु आव २०७८/७९ मा २ हजार ३ सय ८३ निजामती कर्मचारीले अनिवार्य अवकाश लिने भएका छन्। तीमध्ये १४ जना सचिव र ८६ जना सहसचिवसरहका कर्मचारी छन्। गत आव २०७७/७८ मा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउने कर्मचारी संख्या करिब २ हजार ४ सय थियो। तर दुई वर्षअघिसम्म अनिवार्य अवकाश पाउनेको संख्या एक वर्षमै ३ हजारको हाराहारीमा रहेको निजामती किताबखानाका निर्देशक सूदन श्रेष्ठले बताए। उनका अनुसार तीन वर्षअघि करिब ३ हजार ५ सय कर्मचारीले एक वर्षमा अनिवार्य अवकाश लिएका थिए।

Leave a Reply