कतार जाने यात्रुका लागि क्वारेन्टिन र खोपबारे नयाँ नियम

0
 कतार प्रवेश गर्ने व्यक्तिले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ । कतार सरकारले सो मुलुक प्रवेशबारे जारी गरेको नयाँ नियममा यस्तो प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

तर, यात्रुको साथमा कोरोना नेगेटिभ आएको ७२ घण्टा भित्रको रिर्पोट भने हुनुपर्छ । दूतावासका अनुसार कतारले फाइजर, वायोटेक, मोर्डेना, अष्ट्राजेनिका (कोभिशिल्ड/अक्सफोर्ड) र जान्सेन -जोन्सन एण्ड जोन्सन)को खोपलाई मात्र कतारमा मान्यता दिइएको छ ।

Leave a Reply