‘तीन वर्षदेखि श्रीमान विदेशमा छन् । छिमेकका देवर सधैं घरमा आईरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के ।’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाँडेपछि उनले जेठानीसँग भनेकी थिईन् ‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।’
जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ बर्षिय महिलाले आफुले गर्भपतन गराएर गाँडेको बच्चाको बिषयमा खोजी भयो । प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेको जस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परे । देवर भाउजुको अबैध सम्बन्धबाट गर्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले गर्भपतन गराएर गाँडेको अनुमान प्रहरीको छ ।
‘दु्ई पटकसम्म शारिरिक सम्बन्ध भएको हो, बाँकी के–के भयो थाहा भएन्’ प्रहरीसँगको बयानमा पक्राउ परेका देवरले भनेका छन् । ‘सहमतीकै कुरा हो, जर्बजस्ती गरेको होईन् ।’
यही प्रमाणको आधारमा प्रहरीले भु्रण हत्या गरिएको आरोपमा जैमिनी नगरपालिकाका–१० राङ्खानीकी ती महिला र उनको देवर नाता पर्ने ३१ बर्षिय पुरुषबिरुद्ध मुद्धा दर्ता गरेको छ । साउन ३ गते ती महिलाको घरदेखि केही पर भ्रूण हत्या गरेर गाँडेको भेटिएको थियो । उनीहरु दुवै जनाविरुद्धमा भ्रुण हत्याको मुद्धा दर्ता भएको छ ।
पुरुषजस्तो देखिने भ्रुणलाई रातो टालोमा बेरिएर माटोमुनि गाँडिएको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्लमीगरले बताए । ‘दुवै जनाले कमजोरी स्विकार गरेकाले मुद्दा दर्ता भएको छ’ पल्लीमगरले भने ‘अनुसन्धान बाँकी छ, हामी प्रक्रियामै छौं ।’
पक्राऊ परेका दुवैजनालाई म्याद थप गरि थुनामा राखिएको छ । पक्राउ परेकामध्ये भाउजुका ५ वर्षकी छोरी र ३ वर्षका छोरा छन् । देवरका १२ र २ वर्षका दुई छोरी छन् । दुवै जना विवाहित हुँदा–हुँदै अबैध सम्बन्ध राखेकै कारण घटना भएको पल्लीमगर बताउँछन् ।
‘लामो समय श्रीमान विदेशमा देवर नाता लाग्नेको भाउजुको घरमा आउजाउका कारण नाजायज सम्बन्ध रहेको पाईयो’ पल्लीमगरले भने । उनीहरुको सम्बन्धको बिषयमा पहिलेदेखिनै शंका गरेका परिवारका सदस्य र गाउँलेहरुले पछ्याउँदा उनले अबैध गर्भपतन गरेर गाँडेको अबस्थामा फेला परेको थियो ।

Leave a Reply