बेखर्ची भई नेपाल फर्केकालाई सरकारले क्वारेन्टिन खर्च उपलब्ध गराउने

0

सरकारले बेखर्ची भएर विदेशबाट नेपाल आएका नेपाली नागरिकलाई क्वारेन्टिन बस्न खर्च उपलब्ध गराउने निर्णय गरेको छ।आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त खर्च उपलब्ध गराउन श्रम मन्त्रालयले सहजीकरण गर्ने र अर्थ मन्त्रालयले आवश्यक रकम निकासा गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार बेखर्ची भएकालाई सरकारले क्वारेन्टिनमा बस्दाको खर्च व्यहोर्ने निर्णय भएको छ।

‘डिपोर्टेसन सेन्टरमार्फत् फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भई नेपाल फर्किएका नेपाली नागरिकहरूलाई क्वारेन्टिन बस्दा लाग्ने खर्च नेपाल सरकारले ब्यहोर्ने र यसका लागि आवश्यक प्रवन्ध श्रम मन्त्रालयले गर्ने तथा अर्थ मन्त्रालयले आवश्यक रकम निकासा गर्ने निर्णय भएको छ,’ उनले भने।

Leave a Reply