म्याग्दी समाज अमेरिकाको अधिवेशनबाट नयॉ कार्यसमिति चयन

0
283

म्याग्दी समाज अमेरिकाको ७ औं महाधिवेशनअधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ ।

धैरै नेपाली त्यसमा पनी म्याग्दीबाट गएका व्यक्तित्वहरुको बाख्लो बसाई रहेको म्यारील्याड राज्यको बाल्टीमोर शहरमा अधिवेशन सम्पन्न भएको हो ।

उक्त सम्मेलनमा अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महत, मेरिल्याण्ड राज्य बिधान सभाका सदस्य माननीय ह्यारी भण्डारी, माननीय कार्ल ज्याक्सन, एन आर एन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, बानाका अध्यक्ष सुबोध विलास पन्त, प्रबाशी नेपाली मंच अमेरिकाका केन्द्रिय अध्यक्ष प्रभु थापा, जनसम्पर्क समिति म्यारिल्याडका अध्यक्ष डोलनाथ घिमिरे, एनआरएन म्यारिल्याड च्याप्टरका अध्यक्ष राजु पराजुली, समाजसेवी क्रीस घिमिरे लगाएत मेरिल्याण्ड राज्यमा सक्रिय संघ सस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि लगाएतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

अधिवेशनबाट तोरण शाहि (अर्जुन)को (राखु) नेतृत्वमा १५ सदस्यीय नयॉ कार्यसमिति सर्व सहमतिमा निर्माण भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा कूष्ण केसि (सुर्केमेला), उपाध्यक्ष भिम केसि (तोरीपानी), महासचिव किशोर शर्मा (राखु), सचिव दिनेश जिसी (तोरीपानी), कोषाध्यक्ष सुदर्शन पौडेल (वगुवाखोला) चयन भएका छन । त्यस्तै महिला बिभाग प्रमुख दिवा पुन (राखु), मेम्वरसिप डाइरेक्टर सुरज थापा (बौरा), सुचना तथा सन्चार सन्तोष खड्का (सातबिसे), सॉस्कूतिक विभागमा मन्जु पुन (चिमखोला) र मदनलाल रामदाम (चौउरा), खेलकूद हिराबहादुर खत्री (कूहुं) र मनिष बानिया (तोरिपानी), यूवा विभाग दिपेश कट्टवाल (राखु) र आईटी विभागमा अनुसा मल्ल (मल्लाह) चयन भएका छन ।
नव निर्वाचित कार्यसमितिको घोषणा ३ सदस्यीय निर्वाचन समितिले गरेको थियो । यस समितिका प्रमुख आयुक्त डा. चक्र बुढाथोकी हुनुहुन्थ्यो भने आयुक्तको रुपमा क्रिस घिमिरे र प्रशान्त श्रेष्ठ रहनु भएको थियो ।

यसै अवशरमा म्याग्दी समाजका सस्थापक अध्यक्ष पारशमणि श्रेष्ठ, पुर्व अध्यक्ष तथा म्याग्दी प्रवाशी नेपाली संघका वर्तमान उपाध्यक्ष अम्मर छन्त्याल र शिक्षाविद तथा जोन्स हप्किन्स युनिभरसिटीका प्राध्यापक डा. चक्र बुढाथोकिलाई समाजमा दिनुभएको योगदानको कदर गर्दै मेरिल्याण्ड राज्य बिधान सभाको तर्फबाट माननीय ह्यारी भण्डारी र माननीय कार्ल ज्याक्सनले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
सम्पन्न महाधिवेशनमा महासचिव भिम केसीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुश्री अन्जु थापाले आय-व्यय प्रतिवेदन सर्वसहमतिले पास भएको निवर्तमान अध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

Leave a Reply